Latest Updates :

संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु


SHARE THIS POST :

काठमाडौँ - संझौता भएको झण्डै वर्षपछि बल्ल काठमाडौँ भ्यू टावरको निर्माण सुरु भएको छ । काठमाडौँ महानगरपालिका ९कामपा०ले पुरानो बसपार्कमा निर्माण निर्माण गर्न लागेको सो टावर निर्माण कम्पनी र कामपाबीच लामो समय आन्तरिक विषयमा कुरा मिलेपछि आइतबारदेखि सुरु भएको हो ।
समयमा नै निर्माण कार्य सुरु गर्ने भन्दै निर्माण कम्पनीले गत वैशाखमा नै बसपार्कलाई खुलामञ्चमा सारे पनि काम अघि बढ्न सकेको थिएन । विसं २०७२ मा गएको भूकम्पअघि नै टावर निर्माणका लागि सम्झौता भएकामा भूकम्पपछि पुनः टावरको तला घटाउने निर्णय भए पनि ठेकेदारसँग कुरा नमिल्दा यसभन्दा पहिले टावर निर्माणको काम अघि बढ्न नसकेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिनुभयो । “ भूकम्पअघि २९ तलाको टावर बनाउने सहमति भएको थियो”, कार्कीले भन्नुभयो – “भूकम्पपछिको मापदण्डअनुसार २९ तलाको टावर निर्माण गर्नु नियम विपरीत हुने देखियो । बाह्र तलाको बनाउने कुरा भयो अनि ठेकेदार कम्पनीले पहिलेको सहमतिअनुसारको काम अगाडि बढाउन नपाउँदा यसअघि निर्माणको काममा समस्या आएको थियो ।”

टावर निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द विकोइका प्रमुख मनोज भेटुवालका अनुसार टावर निर्माण गर्नुपर्ने सामग्री इटलीबाट ल्याई गत आइतबारदेखि प्ररम्भिक चरणको निर्माणको काम सुरु भइसकेको छ । अहिले उपकरण जडान गरी जग खन्ने काम भइरहेको छ । नेपाली कला र संस्कृति झल्काउने योजना रहेको उक्त टावरका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भूभागमा भवन बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ ।

साठी प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिनेछ । टावरमा बस पार्किङ, सिनेमा हल, थिएटर, स्विमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालयसमेत रहनेछ । सो भवनमा विभिन्न स्वदेशी तथा विदेशी सामग्री राखिने योजना छ । काठमाडौँ महानगरपालिका र ठेकेदार कम्पनीबीच भएको सम्झौताअनुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । सहमति भएको लामो समयसम्म पनि निर्माणको काम सुरु हुन नसक्दा कहिले राजनीतिक हस्तक्षप त कहिले महानगरले असक्षम कम्पनीलाई भ्यू टावर बनाउन दिएको आरोप पनि कामपाले खेप्दै आएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv