२०७३ माघ १३ बिहिबार ।
माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गर्ने घोषणा गरेको छ।
महिला र बालिकाको क्षेत्रमा सामाजिक कार्य गरेबापत अनुराधालाई सन् २०१७ को पद्मश्री सम्मान प्रदान गर्ने निर्णय नेपालस्थित भारतीय राजदूतावासले आफ्नो ट्विटरमार्फत र भारतीय पत्रिका ‘द हिन्दू’को अनलाइन संस्करणले उल्लेख गरेको छ।
अनुराधा भारत सरकारो तर्फबाट पद्मश्री सम्मान पाउने एक्लो विदेशी हुन्। यसअघि उनी २०६८ सालमा ‘सीएनएन हिरो’को उपाधि जिति सकेकी छिन्।
यसका साथै भारत सरकारले आफ्नो ६८ औ गणतन्त्र दिवसको अवसरमा उसले ७ जनालाई पद्म विभूषण, ७ जनालाई भूषण र ७५ जनालाई पद्मश्री पुरस्कार प्रदान गर्ने भएको छ। तर यो वर्ष भने भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ को सम्मान कसैलाई दिइने छैन।
Post a Comment