Latest Updates :

वसन्तपुर दरबारको ढुकुटीमा २२ हजार गरगहना अलपत्र


SHARE THIS POST :

काठमाडौ, माघ ।
बाइस हजार थान गरगहना राखिएको वसन्तपुर गद्दी बैठकमुन्तिरको ढुकुटी जोखिममा छ। गृह मन्त्रालयअन्तर्गत समारोह प्रबन्ध फाँट प्रमुख मणिराम पौडेलका अनुसार भूकम्पले गद्दी बैठक भत्काएर तहसनहस पारिसक्दा पनि यसै बैठकमुन्तिर रहेको ढुकुटीलाई कसैले चासो दिएन।
ढुकुटीमा सुन, हीरा, जवाहरात, देवी देवताका आभूषण, प्रशस्त असर्फी छन्। प्रमुख पौडेलले भनेः‘ढुकुटीमा रहेका अमूल्य गरगहनाको संरक्षणार्थ पनि गद्दी बैठकको पुनःनिर्माण जतिसक्यो छिटो हुन जरुरी छ। गद्दी बैठकमुन्तिरको सामान्य छिँडीमा थन्क्याइएका यी गरगहना कतै भग्नावशेषमा नपुरिऊन् भन्ने पिरलो छ ।’ गुठी संस्थान केन्द्रीय लगत कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार  ढुकुटीको साँचो केन्द्रीय लगत कार्यालयमै छ तर ढुकुटीमा लगत कार्यालय एक्लैको पहुँच छैन।
२०६८ सालमा सेतो मच्छिन्द्रनाथको गहना झिक्ने राख्ने क्रममा ढुकुटी खोलिएयता ढुकुटी सामुन्ने कोही पुगेका छैनन्।   उनका अनुसार सरकारका विभिन्न निकायको रोहवर नभई ढुकुटीमा केही गर्न सकिन्न।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv