१२ माघ, काठमाडौं । भूकम्प कुन बेला जान्छ भनेर भविष्यवाणी गर्ने प्रविधिको विकास भइसकेको छैन । तर ज्योतीषीहरुले भने यस्ता भविष्यवाणी गरिरहन्छन् । संयोग हुन सक्छ बेला बेला यस्ता ज्योतीषीय भविष्यवाणी मिल्ने गरेको पनि छ ।
यही बीचमा ज्योतिषी डाक्टर सुनील सिटौलाले भोली भूकम्प जान सक्ने बताएका छन् । ट्वीट गर्दै उनले लेखेका छन् , ‘भोली दिउँसो ४ः१० मा काठमाडौंको आकाशमा शनिग्रह चन्द्रमासँग समागन गर्दै राशी परिवर्तन गर्दैछ ।
त्यही आसपास भुई हल्लिने यो पनि देखिन्छ, उत्तरपूर्वतिर ।’ उनले कति रेक्टरको कहाँ जान्छ भन्ने उल्लेख गरेका छैनन् । यसअघि पनि भूकम्पसँग सम्बन्धित रहेर उनले धेरै ट्वीट गरेका छन् ।
Post a Comment