यदि तपाईं पनि यात्राका लागि विमानको प्रयोग गर्नुहुन्छ वा गर्नुहुन्न भने पनि यो खबर अवश्य पढ्नुहोस् । विमानसँग जोडिएका केही यस्ता गोप्य कुरा पनि हुन्छन् जसका बारे धेरैजसो मानिसलाई थाहा हुँदैन ।
सोसल नेटवर्किङ साइट रेडिटमा केही विमान परिचारिकाले विमानसँग जोडिएका केही गोप्य कुराबारे जानकारी दिएका छन् जसलाई एयरलाइन्स कम्पनी सबैले लुकाउन चाहन्छन् । यसका ९ गोप्य कुराबारे यहाँ जानकारी दिँदै छौं ।
– ट्रे टेबलमा खाना राखेर खानु तपाईंको लागि कति हानिकारक हुन्छ त्यसको तपाईं अन्दाज पनि लगाउन सक्नुहुन्न । विमान परिचारिकाले गोप्य कुरा सार्वजनिक गर्दै केबिनको बाँकी वस्तुजस्तै ट्रे टेबल पनि निकै विरलै सफा गरिन्छ । कोही मानिसहरु यसमाथि खुट्टा राखेर पनि सुत्छन् । यस्तो अवस्थामा यसमा खाना राख्नु कति स्वस्थकर हुन्छ त्यो आफैं विचार गर्नुहोस् ।
खराब आचरण भएका यात्रुलाई बाँधेर राख्छन् विमान परिचारिकाः
यदि कोही यात्रुले यात्राका क्रममा नराम्रो आचरण देखाए विमान परिचारिकाले उनलाई सजायँ दिन सक्छन् । एयरलाइन्स कम्पनीले उनीहरुलाई हतियारको रुपमा बञ्चरोसमेत प्रयोग गर्न अनुमती दिन्छन् ।
तपाईंलाई दिइने खाना बासीः
फ्लाइटमा अर्डर गरिने खाना धेरैजसो पहिले नै तयार गरिएका हुन्छन् । यसलाई तताएर दिइन्छ । केही खानाबाहेक धेरैजसो खाना बासी हुन्छन् ।
५० यात्रुलाई एक विमान परिचारिकाः
एयरलाइन्स कम्पनीले ५० यात्रुका लागि एक परिचारिका राखेका हुन्छ । यदि तपाईंको अर्डर आउन ढिलो भयो भने परिचारिकालाई नभई यी कम्पनीलाई गाली गर्नुहोस् ।
कहिले काँही तपाईंको सामानमा मृतकको अंश पनि खसेको हुन्छः
विमानमा धेरैजसो तपाईंको सामानसँगै शव वा काटिएका शरिरका अंश पनि राखिएका हुन्छन् । कुनै शवलाई कफिनमा राखेर एउटा ठाउँबाट अर्को ठाउँमा पठाइन्छ भने कतिलाई प्लाष्टिकको ब्यागमा पोको पारेर स्थानान्तरण गरिन्छन् । एक विमान परिचारिकाका अनुसार थुप्रै पटक यी शवबाट निस्कने तरल पदार्थ थुप्रै मानिसहरुको ब्यागमाथि खस्ने गर्दछ ।
यात्राको क्रममा मर्ने व्यक्तिका लागि हुन्छन् विशेष सिटः
यो सेवा नयाँ विमानमा मात्र हुन्छन् । यसको अर्थ यो हो कि यदि पुरानो विमानमा कुनै यात्रुको मृत्यु भएको खण्डमा त्यसलाई अन्य मानिससँगै राखिन्छ ।
Post a Comment