Latest Updates :

सहिद दिवसमा इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने


SHARE THIS POST :

काठमाडौँ– सहिद दिवसको अवसर पारेर नेपाली देशभक्त युवा समाजले इतिहासकै ठूलो राष्ट्रिय झन्डा सार्वजनिक गरिने जनाएको छ।
राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष नारायणप्रसाद ढुङ्गानाले अहिलेसम्मकै ठूलो अर्थात् १० मिटर अग्लो र साढे सात मिटर चौडाइको नेपालको राष्ट्रिय झन्डा सार्वजनिक गरिने बताए।

“करिब आठ किलो तौल भएको उक्त झन्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाइएको छ, झन्डा आउँदो १६ गते सहिद दिवसका अवसरमा काठमाडौँको माइतीघर मण्डलामा फहराइने छ,” ढुङ्गानाले भने।

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेको उपस्थितिमा माइतीघर मण्डलामा आइतबार उक्त झन्डा फहराइने सो अवसरमा जानकारी गराए।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, पत्रकार ऋषि धमला, समाजसेवीद्वय अनुराधा कोइराला र पुष्पा बस्नेत, खेलाडी विमल घर्तीमगरलगायतलाई सम्मान गरिने समाजले जनाएको छ। रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv