काठमाडौं l भूकम्प गएको झन्डै २१ महिना बितिसके पनि करिब १ लाख २० हजार परिवारले अझै पुनर्निर्माण अनुदानको पहिलो किस्तासमेत पाउन सकेका छैनन् । जग्गा धनीपुर्जा नभएका, घरमुलीबाहिर रहेको, गुनासो फछर्योट नभएको लगायत विषयमा नीतिगत समस्या कायमै रहेकाले अझै धेरै भूकम्पपीडितले अनुदानको पहिलो किस्ताबापत ५० हजार रुपैयाँ पाउन नसकेका हुन् ।
अनुदान वितरण गरिरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार भूकम्पले अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार ३६ परिवार अनुदान पाउनका लागि विस्तृत सर्वेक्षणबाट सूचीकृत भएका छन् । यसमध्ये ५ लाख ५० हजार २ सय ४१ परिवारसँग अनुदान पाउनका लागि सम्झौता भएको छ । सम्झौतामध्ये ५ लाख ५ हजार २ सय ७२ परिवारले मात्रै अहिलेसम्म अनुदानको पहिलो किस्ताको रकम पाएका हुन् ।
यो आधारमा ७५ हजार ७ सय ९५ परिवारसँग अनुदान पाउनका लागि सरकारसँग सम्झौता नै हुन सकेको देखिंदैन भने १ लाख २० हजार ७ सय ६४ परिवारले अनुदानको पहिलो किस्ता नै नपाएका हुन् । ‘प्राधिकरणले तोकेको मापदण्डभित्र नपरेका कारण कतिपयको सम्झौता नै हुन नसकेको हो । जग्गा प्राप्ति, घरमुली विदेश, गुनासो दर्ता र फछर्योट भइनसकेको लगायत कारणले कतिपयसँग सम्झौता हुन..........
Post a Comment