६ माघ । आज भोली सामाजिक सञ्जालहरुमा महिला दिदीबहिनीहरुलाई जे मन लाग्यो त्यही म्यासेज पठाएर वा सामाजिक सञ्जालमा राखिएका फोटो तथा स्टाटसहरुमा अश्लिल कमेन्ट गर्ने चलनले निकै हैरानी खेप्नु परेको छ। यसको सिकार विभिन्न सामाजिक सेवामा संलग्न मान्छेदेखी सेलिब्रेटीसम्म हुने गरेका छन् । यसै क्रममा पत्रकार तथा इमान्दार मिडियाकी समाचार प्रमुख दिया चन्दले (प्रेमीसँगको पहिलो रात)शिर्षकमा एउटा लेख लेखिन। उक्त लेख नेपालका दर्जनौ अनलाइन पत्रिकाहरुका प्रकाशित भएको छ ।
पुर्बेली न्युजमा प्रकाशित लेखको कमेन्ट बक्समा अश्लिल कमेन्ट गर्ने एक युवाले सार्बजनिक रुपमा माफी मागेका छन् फेसबुकमा स्टाटस राख्दै बैतडी घर भइ हाल मलेसियामा रहेका मनोज बिस्टले सार्बजनिक माफी मागेका हुन् । माफी माग्दै उनले स्टाटसमा भनेका छन् “आदरणीय पत्रकार तथा साहित्यकार दिदी दिया चन्दले लेख्नुभएको र पुर्बेली न्युज डटकममा प्रकाशित भएको लेख (प्रेमीसंगको पहिलो रात)मा मैले जानी नजानी यस्तो अश्लिल र निकृष्ट कमेन्ट गरेको थिए । मेरो त्यस प्रकारको कमेन्टबाट दिदीलाइ पर्न गएको असर प्रती हृदयदेखी नै लज्जित छु ।
आइन्दा यस प्रकारको गलत व्यवहार, सब्द,भाषा प्रयोग नगर्ने बाचाका साथी सार्बजनिक रुपमै दिदीसंग माफी माग्दछु ।” पुर्बेली न्युज डटकमले प्रकाशन गरेको लेखमा बैतडी मेलौली ४ घर भइ हाल रोजगारीको शिलशिलामा मलेसियामा रहेका मनोज बिस्ट (Man Ozz Bista)ले अश्लिल कमेन्ट गरेका थिए । बिस्टले लेखमा अश्लिल कमेन्ट गरेपछि पत्रकार दिया चन्दले प्रहरीकहाँ साइबर अपराधमा मुद्धा दायर गर्ने तयारी गरिन । मुद्दा दर्ताको तयारी बारे थाहा पाएपछि मनोजले हारगुहार माग्दै फेसबुकमा स्टाटस हालेर सार्बजनिक रुपमै माफी मागेका हुन्

Post a Comment