Latest Updates :

दुःखद खबर,कोरियामा काम गरिरहेको बेला मेशिनमा च्याँपिएर स्याङ्जाको राङखोला घर भएका गुरुङको मृत्यु


SHARE THIS POST :

रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया आएका एक नेपाली युवाको औद्योगिक दुर्घटनामा परी ज्यान गएको छ ।
स्याङ्जाको राङखोला घर भएका अन्दाजी ३९ वर्षका गुरुङ थरका एक जनाको ज्यान गएको हो । छुन्छङ बुक्दो ओछानस्थित प्लाष्टिकको रिसाइकल कम्पनीमा कार्यरत गुरुङ हिजो बेलुका चार बजे काम गर्दैगर्दा दुर्घटनामा परेको त्यहाँस्थित नेपाली अभियन्ता नेपाली गणेश पन्तले जानकारी दिएका छन् ।

गुरुङको शव अहिले सङमो अस्पतालमा राखिएको छ । त्यहाँस्थित प्रहरी अहिले घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लिएर शव अस्पतालमा पु¥याएको पनि पन्तले बताए । चार वर्ष अघि रोजगारीका लागि कोरिया प्रवेश गरेका गुरुङ विवाहित भएको र नेपालका श्रीमती र एक छोरा एक छोरी रहेको बताइएको छ ।

यसैबीच सोलस्थित नेपाली एम्बेसीले घटनाका बारेमा अनौपचारिक जानकारी आएको बताएको छ । श्रम सहचारी देवराज ढकालले प्रहरीबाट दुतावासमा जानकारी आएपछि मात्र घटनास्थल तर्फ जाने तयारी रहेको बताए ।

कोरिया सन् दुइ हजार आठमा इपिएस प्रणाली लागू भएयता औद्योगिक दुर्घटना, आत्महत्या लगायत विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या एक सय दश नाघेको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv