Latest Updates :

सलमानसँग रिसाए अजय, कारण यस्तो छ...


SHARE THIS POST :

बलिउड गसिपलाई मान्ने हो भने, नायक अजय देवगण आफ्ना नजिकका साथी सलमान खानसँग रिसाएका छन् । उनी सलमानसँग आक्रोशित हुनुको मुख्यकारण, दुइले बनाउन लागेको चलचित्रको कथावस्तु एउटै हुनु हो ।
केहि दिन अगाडि मात्र सलमान खान र निर्माता करण जोहर मिलेर एक चलचित्र बनाउने घोषणा गरेका थिए । जुन, चलचित्रमा नायक अक्षय कुमारले काम गर्नेछन् । यो चलचित्र ‘ब्याटल अफ सारागढी’को वरिपरी घुम्नेछ । यहि, कथामा अजयको टिमले लामो समयदेखि काम गरिरहेको छ ।

अजयले सलमानलाई म्यासेज लेख्दै भनेका छन् कि-‘मलाई तिमीसँग यो आशा थिएन । तिमीलाई थाहा थियो कि, मेरो टीम यो कथामा लामो समयदेखि काम गरिरहेको थियो । यो गलत भयो ।’ अजयले सलमानसँग यो कथामा काम नगर्न आग्रह पनि गरेका छन् ।

सलमान अजयका कट्टर दुश्मन करण जोहरसँग मिलेर चलचित्र बनाउँदैछन् । यसैले, यो चलचित्रसँगै अजय र सलमानको सम्बन्धमा पनि तिक्तता उत्पन्न भएको मिडियामा उल्लेख छ ।

अनलाइनखबर

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv