Latest Updates :

मलेसियामा मृत भेटिएका पाण्डे महोत्तरीका


SHARE THIS POST :

मलेसियाको पेनाङमा सोमबार मृत भेटिएका राधेश्याम पाण्डे, महोत्तरी जिल्ला सिसहैया कतैया गाविसको भएको पत्ता लागेको छ । उनको हत्या भएको अनुमान गरिएको छ ।

 आइतवार काम सकिएपछि होस्टलमा आएका पाण्डे साँझ सात बजेतिर बाहिरिएका थिए । उनको शव सोमबार बिहान पेनाङको लोरोङ १ पाडाङ नागासारीको पार्कमा भेटिएको थियो । शवलाई पोसर्माटमको लागि प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । अनुसन्धानको लागि कम्पनीमा कार्यरत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 कम्पनीमा ५१ जना नेपालीहरु कार्यरत छन् । फलामको किलाकाँटी/नट लगायत उत्पादन हुने उक्त कम्पनीमा नेपालीका आलावा अन्य मुलुकबाट पनि कामदारहरु छन् । घटनाको सम्वन्धमा नेपाली दूतावासले कन्सुलर खटाइसकेको र वुझेर छिट्टै आवश्यक कदम चाल्ने वताएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv