Latest Updates :

वन रक्षकको घरबाट अाखेटाेपहारसहित हतियार र विस्फोटक पदार्थ बरामद


SHARE THIS POST :
मङ्गलबार, ०४ माघ २०७३, १८ : २३ |  मदन ठाकुर
रौतहट– रौतहटका एक वन कर्मचारीको घरबाट हतियारसहित अवैध विस्फोटक पदार्थ सामग्री बरामद भएको छ। जिल्ला वन कार्यालय रौतहटमा कार्यरत वन रक्षक विजय श्रेष्ठको चन्द्रपुर नगरपालिका–१४ चेतनगरस्थित घरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ, हतियार तथा हतियारमा प्रयोग हुने गोली र वन्यजन्तुको आखेटोपहार बरामद भएको हो।

जिल्ला वन कार्यालयको इलाका वन कार्यालय चोंचामा कार्यरत श्रेष्ठको घरबाट टुवेल्बर बन्दुकमा लाग्ने ६ राउन्ड गोली, १३० थान खोका, एक किलो फलामको छर्रा, साइकलको बल २०० ग्राम, बारुद आधा किलो, गन्धकको धूलो १०० ग्राम, फलामको ढिका आधा किलो, पटाका १५ थान बरामद भएको छ । प्रहरी निरीक्षक अशोक झाको कमान्डमा गएको जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय चन्द्रपुरको संयुक्त टोलीले श्रेष्ठको घरमा छापामारी गर्दा चित्तलको सिंग ६ थान, चित्तलको छाला ५ थान, बँदेलको दात ४ थान, बँदेलको कपाल १०० ग्राम र २३ क्वुफिट सालको फन्टा काठसमेत प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले मंगलबार दिउँसो छापामारी श्रेष्ठको घरबाट अवैध सामानहरु बरामद गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका डिएसपी यादव ढकालले बताएका छन्। बरामद भएको अवैध हातहतियार प्रयोग भएको सम्बन्धमा प्रहरीले मुद्दा चलाउने र वन्यजन्तुका अंगलगायत सामग्रीको विषयमा जिल्ला वन कार्यालय रौतहटले श्रेष्ठमाथि मुदा चलाउने डिएसपी ढकालले बताएका छन्।

छापामारीको क्रममा घरमा कोही पनि नभेटिएको र घरका मानिसहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीको टोलीले वन्यजन्तु तथा वनसँग सम्बन्धित सामग्री बरामद गरेको अनौपचारिक जानकारी पाएको भन्दै औपचारिक रुपमा सम्बन्धित निकायले त्यसको जानकारी दिए अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला वन कार्यालय रौतहटका प्रमुख दीर्घराज कोइरालाले बताएका छन्।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv