Latest Updates :

दुबईमा सुरक्षागार्डको तलब बढ्यो


SHARE THIS POST :
Posted By News24Nepal.TV || Date: 27 January, 2017

काठमाडौं । दुबईमा सेक्युरिटी गार्डको तलब बृद्धी भएको छ । त्यहाँको नयाँ नियम अनुसार सेक्युरिटी गार्डको तलब बढ्ने र कम्पनिले राम्रो तालिम दिनुपर्ने भएका छ ।
यस अधि सेक्युरिटी गार्डले १४४० दिराम तलव बुझ्दै आएका थिए अब गार्डले १९२० दिराम बुझ्नेछन् । यसवाट दुवईमा सेक्युरिटी गार्डमा काम गर्दै आएका नेपाली पनि लाभान्वित हुने भएका छन् ।

दुबईमा मंगलबार आयोजित एक सुरक्षा सम्मेलनमा ‘सेक्युरिटी इन्डस्ट्री रेगुलेटरी अथोरिटीका कार्यकारी निर्देशक खालिफा अल सेलिजले कमजोर तलबमानले सुरक्षा सेवाको गुणस्तर पनि कमजोर बनाउने भएकाले समयमै तलवमान बढाउने निर्णय गर्नुपरेको बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv