- नेपाल संवाददाता
अन्तरालबाट डेब्यु हुँदा नम्रता सापकोटाको भुइामा खुट्टो थिएन । नयाँ कलाकारको भीड भए पनि रिलिजअगाडि फिल्मले चर्चा बटुलेको थियो । तर, जसै फिल्म रिलिज भयो, न नम्रताको चाह पूरा भयो, न निर्माताकै । फलत: अन्तरालपछि उनलाई चलेका ब्यानरले पत्याएनन् । ब्रास्लेटमा रमेश उप्रेतीसँग स्क्रिन सेयर गर्ने मौका पाए पनि माखो मरेन ।
स्वदेशी बजारमा १६ करोड रुपियाँ व्यापार गरेर रेकर्ड राखेको छक्का–पन्जामा पनि नम्रताको अभिनय थियो भन्ने धेरैलाई थाहा नहोला । हुनु पनि कसरी ! एकातिर दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङजस्ता हास्य कलाकारको हुल, अर्कातिर प्रियंका कार्की र वर्षा राउतजस्ता गिनेचुनेका हिरोइन । अनि त नम्रतातिर नजर डुलाउने कसले ? त्यसैले त छक्का–पन्जा सुपरहिट हुँदा पनि उनको मुहारमा मुस्कान नाचेको छैन । बरु, गुमनाम पथमा रहेको चर्चा चल्न थालेको छ ।
Post a Comment