३३ किलो सुन काण्डमा भन्सारका दुई अधिकृत पक्राउ ====
काठमाडौं, २८ पुस — प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले एयरपोर्ट भन्सारमा कार्यरत दुई जना भन्सार अधिकृतलाई पक्राउ गरेको छ ।
सुनकाण्डमा यी दुई अधिकृतको मिलेमतो भएको हुनसक्ने आशंकामा सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो । भन्सार अधिकृतहरू श्रीनारायण यादव र राजकुमार ढकाललाई सिआइबीले पक्राउ गरेको हो । सुनसँगै तीन जना भरिया पक्राउ परेको तर सुनको मालिक पत्ता लगाउन कोशिश गरिरहेको सिआइबीले उनीहरूलाई पक्राउ गरेको हो ।
Post a Comment