Latest Updates :

रातको ९ः४५ हुँदै थियो…दुई युवती प्रतिक्षामा थिए


SHARE THIS POST :

मान्छेलाई मान्छेले किन्ने कस्तो जमाना आयो
आफैलाई आफैले बेच्ने चलन कसले चलायो
भावनालाइ चाहानालाई किन हो तराजुमा जोखिन्छ ।

नेपाली कथानक चलचित्र लज्जामा गाइएको यो गीत साच्चीकै मर्मस्पशी र कसैको वास्तविक जीवनसगँ मेल खाने छ । लज्जा फिलिममा नायिकाले भोग्नुपरेको भोगाई वास्तविक जीवनमा केही नेपाली चेलीहरुले भोग्नुपरिरहेको छ । लज्जा फिल्म हेर्दा मलाई मेरो बाल्यकालको साथीको याद आयो । केही समय पहिला म लगायत मेरो दाई, दिदी काठमाडौंको ठमेलमा अवस्थित नाम चलेकै प्रतिष्ठित रेष्टुरेन्टमा खाना खाई फर्कदै थियौ ।

रातको ९ः४५ हुँदै थियो, यतिकैमा मेरो आँखा त्यो दृश्यतिर पुगे । दुई युवतीहरु कसैको प्रतिक्षामा थिए, ती दुई युवतीमध्ये एकजना मेरोे बाल्यकालको साथी थिइन् । केहीछिनमा दुईजना युवक वाइनको नशामा लर्बराउँदै छिट्टै आफूसगँ आउन आग्रह गरे, जहाँ ती युवतीहरु पनि तिनैको प्रखाइमा मुस्कान छरेर तिनीहरूलाई नै कुरिरहेका थिए । मैले तिनीहरुको सबै कृयाकलाप केहीछिन हेरिसकेपछि तिनीहरु सामु गएर बोल्ने हिम्मत निकाली मैले यस्तो के गरेको, यस्तो नगर भन्ने आग्रह गरे तर आफ्नै बाध्यता र विवस्तावश गरेको पेशा भएकोले केही फरक नपर्ने भन्दै तिनीहरुसँगै गइन् ।

ती युवतीहरु म बस्नेतिरै बस्ने भएकोले तिनीहरु कोठामा फर्किदा कहिलेकाहीँ उनीसँग मेरो भेट हुन्थ्यो । मानवता र साथी भएको नाताले गर्दा मैले उनको विवशता र बाध्यताको घाउ कोट्याउने प्रयास गरे, मेरो धेरै प्रयासपछि मात्र उनले आफनो वास्तविकता मेरो सामु यसरी प्रस्तुत गरिन्

मैले गाउँकै सरकारी स्कुलबाट एसएलसी पास गरी प्लस टु पढ्नका लागि शहरमा आए । दिदीले स्नातक पढ्दापढ्दै परिवारको इच्छा विपरित आफनो जात नमिल्ने केटासँग बिहे गर्नुभयो । तयसैले गर्दा मैले पनि दिदीले जस्तै गर्छे भन्ने सम्झी बुबाले विवाहको कुरा चलाउनुभयो । एक पटकत कर्म घर जाने नै त हो भन्ने सम्झी आफनो संस्कारका अगाडि लाचार बनी आमाबुबाको चाहाना मैले सर्हष स्वीकारे । केहीदिनपछि अनौपचारिक तवरले मलाई हेरेर गएछन् । पछि पाँच जनाको समूह मेरो घरमा आए ।

दिउँसोको समय भएकाले मैले केटालाई राम्ररी देख्ने मौका पाए । केटा हँसिलो, राम्रो र खाइलाग्दो थियो । मलाई केटा ठीकै लाग्यो । अब म भावी जीन्दगीका सपनाहरु कोर्न थाले, दुवै पक्ष सहमतिमा पुगेर विवाहको निर्णय टुङ्गियो । केटा मसँग कुरा गर्न भनी छाती फुलाएर मेरो कोठामा पस्यो । मलाई डर लागे जस्तो भयो । कोठामा मेरो साथी पनि थिइन् ।

कुराकानीका क्रममा मैले पढाइलाई अगाडि बढाउन पाउनुपर्छ भन्ने कुरा राखे उसले पनि मेरो इच्छाको सम्मान गर्ने कुरा बतायो । उसका कतिपय प्रश्नको उत्तर भने मैले नदिएपछि उ उठेर गयो र केटी पनि राम्ररी नदेखेको भन्दै सबैका सामु गुनासो गरे छ । केटा पक्षबाट आएकाले भने लजाउनु केटीको गहना हो । तर केटाले भने घरमा आएका अतिथीलाई पनि नमस्कार गरिनन् भन्दै कड्किएपछि मैले बुबाको आग्रहमा तिनीहरु सामु गएर नमस्कार गरे । मेरो अनुहार र शारीरिक बनावट देखेर सबैले मन पराए ।
आर्थिक अवस्था राम्रो नभएकोले केराको पातमा जल खाएर छोरी दिने बुबाको निर्णयमा केटाले पनि सहमति जनाउँदै भन्यो । तपाईकी छोरी नै मेरो जीवनको अमुल्य सम्पत्ति हो । उसको कुरा सुनेर मेरो छाती फुलेर सगरमाथा छोयो । उसको नैतिकता, चरित्र र भावना राम्रो लाग्यो ।
त्यसको पर्सिपल्ट विवाह पनि सम्पन्न भयो । भउजु र साथी कर्मघरतिर मलाई छोड्न हिँडे ।

हाम्रो परम्परामा अझै पनि बीच बाटोमा माइतीबाट ल्याएको कोसेली दुलहीको हातबाट मागेर दुलाहाले खाने र ढोगाउने चलन छ । मैले उसलाई सबैको करकापमा मात्र ढोगे । उसलाई अपमान गरेजस्तो लागेछ, त्यो कुरा मलाई अलि पछि थाहा भयो । सुन्दर भविष्यको कल्पना गर्दै परम्परागत रीतिअनुसार म उसको घरमा भित्रिए ।

अझै पनि हाम्रो चलनमा गाउँघरतिर सुत्नुअघि सासु, अमाजु, नन्द लगायत सबैलाई मालिस गरिदिनु पर्ने चलन छ । त्यति मात्र नभई दिनभर जुवातास खेलेर फर्केको श्रीमानलाई दिनभर काम गर्दा थाकेकी श्रीमतीले हातगोडामा मालिस गर्नुपर्ने यो कस्तो बाध्यता । यी सबै कुरा मलाई माइतमा भाउजुले पनि सिकाउनु भएन र त्यस्तो व्यवहार गर्न म चाहँदैनथे । त्यसैले यस्ता कुनै काम मैले गरिनँ ।

उसले मलाई नारी भएर जन्मदैमा नारी भइदैन नारी मर्यादामा बस्न र बाच्न सिक भन्दै हिड्यो । उ विहे गरेको केही दिनमै विदेश गयो । र फोनमा पनि धम्काउदै बुबालाई समेत चरित्रहत्या हुने खालका भन्नुनभन्नु गाली गरे । जीन्दगीको नयाँ गोरेटो समाउदै समाजमा प्रचलित नियमभित्र बाँधिएर नयाँ घर बनाउभन्दै फोन राख्यो ।

हाम्रो बुबा पनि पुरानो संस्कृतिभित्र बाँचेको मान्छे भएकोले खानदानी केटो, कुलको पुत्रभन्दै उल्टो मलाई झपार्नु भयो । एकातिर श्रीमानको शब्द अर्कोतिर बुबाको हप्काइले गर्दा म जीन्दगीको भीषण दन्दमा परेँ । देवी दुर्गेले भीमकाय दैत्यलाई नारीझापड खुवाएको साहसिक इतिहास मैले पनि पढेकी थिएँ ।

विवसताको बाध्यताको सस्तो मोल तोकिन्छ, आसुलाई आँखैले नचिन्ने कस्तो जमाना आयो । मनैबाट मानिसले मानवता नै मेटेछ, सत्यता र कोमलताको घाटीलाई नै रेटिन्छ । उसका अगाडि केही गरेर देखाउछु भन्ने सोँची सिन्दुर परेको केही महिनापछि सहरमा आए, र जागिर खोज्ने सिलसिलामा धेरै अफिसहरुमा गए तर जहाँ पनि सोर्सफोर्स, नातावाद, कृपावादलाई प्राथमिकता दिने हुँदा जागिर पाउन सकिन र अन्त्यमा होटलमा रेष्टुरेन्टमा काम गरे । जुन कामले मलाई आज यो परिवेशमा पुगाइ तिनै देवी दुर्गेको अस्मिता बेच्न विवश तुल्यायो ।

आफनो धर्म, संस्कृति, रीतिरिवाज, चालचलन, प्यारो राष्ट्र र समाजलाई उन्नत तुल्याउने क्रममा सार्थक भूमिका खेल्ने गहना हुन् । यिनै गहनालाई आफनै मौलिकता र परिवेशमा उनेर देश र समाजभित्रका कला संस्कृतिलाई दोसल्ला ओढाउन पाउनु हामी सबैको अहोभाग्य हो ।

परम्परागत भाष संस्कृति र संस्कार बिना कुनै पनि सभ्य समाजले आफनो वास्तविक परिचय दिन सक्दैन । त्यस्तै संस्कारका नाउमा कुसंस्कारकालाई बढावा दिदै अतिवादी जडतातिर रुमल्लिनाले पनि राम्रो नतिजा ल्याउदैन । आजको सभ्य र बदलिदो समाजभित्र कतिपय यस्ता झिनामसिना रुढिवादी अवगुणका पनि पक्षहरु छन् जो महिलाहरुको प्रगतिपथमा सधै तगारो बनेर तेर्सिरहन्छन् ।

अझै पनि हाम्रो समाजमा व्याप्त परम्परागत संस्कृतिभित्रका सदगुण र अवगुणहरु केलाउदै धैर्य र संयमताका साथ असललाई आत्मसाथ गर्ने तथा खराबलाई किनारा लगाउँदै जाने संस्कृतिको विकास भैसकेको छैन । मानव जीवनमा आइपर्ने नारी विरुद्धका अन्याय, अत्याचार, अनैतिकता आदि विविद्य सामाजिक व्यवहारबाट बच्नु र बचाउन आजको सभ्य र आधुनिक समाजभित्रकै दायित्वको कुरा हो ।

धड्कनलाई मुटुले नसुन्ने कस्तो जमाना आयो । जो पुरुषहरु श्रीमतीलाई झुट बोलेर बेलुका नौ नबज्दै रेष्टुरेन्ट छिर्नुहुन्छ । ती पुरुषहरुले हरेक नारीलाई आफनो दिदीबहिनी वा असल साथीको रुपमा हेरिदिए कस्तो हुन्थ्योहोला ?

जब उनको वास्तविक सुने, म नतमस्तक भएँ । मेरो नयनबाट मोतीका थोपाहरु बिनामूल्य झरिरहेका थिए, एकोहोरो टोलाएर उनलाई हेरे । जीन्दगीमा बाचुन्जेल, मान्छेले निभाउनु पर्ने कर्तव्यले गर्दा जस्तोसुकै सम्झौतामा पनि हार्नु पर्दोरहेछ जस्तो लाग्यो ।

उनलाई मैले त्यो काम छोड्न आग्रह गरे उनले पनि मेरो दिदि र मेरो कुरामा सहमति जनाइन् । तीनलाई अंकल दाईहरुलाई भनसुन गर्न लगाएर सहकारीमा जागिर खोजिदिए । – शिवा स्त्री

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv