Latest Updates :

‘अमिताभ र जया सँगै बस्दैनन्’


SHARE THIS POST :

बलिउड हस्ती अमिताभ बच्चन दम्पती सँगै नबस्ने खुलासा भएको छ। भारतीय समाजवादी पार्टीका नेता अमर सिंहले एक टेलिभिजन अन्तर्वार्तामा बच्चन परिवारबारे खुलासा गरेको भारतीय मिडियाहरूले जनाएका छन्।
एक अन्तर्वार्तामा नेता सिंहले बुहारी ऐश्वर्या राय बच्चनसँगको सम्बन्धलाई लिएर उनीहरू अलग भएको दाबी गरेका छन्।
राजनीतिक नेता अमर सिंह कुनै समयमा मेगास्टार अमिताभ बच्चनका नजिकका साथी थिए। तर अहिले परिस्थिति बदलियो र उनीहरूबीच राम्रो सम्बन्ध छैन।
अब अहिले आएर अमर सिंहले अमिताभ बच्चन र उनको परिवारका बारेमा गहिरा रहस्य खोल्न थालेका छन्। उनले अमिताभ आफ्नी पत्नी जयासँग नबस्ने गरेको दाबी गरेका हुन्।
‘मैले बच्चन परिवारमा फाटो ल्याएको आरोप लगाइन्छ तर सत्य कुरा के हो भने उनीहरू पहिलेदेखि नै बेग्लाबेग्लै बस्ने गर्थे,’ टेलिभिजनमा अमर सिंहले भने, ‘ती दुईमध्ये एक प्रतीक्षामा बस्छन् भने अर्को चाहिँ जनक बंगलामा बस्छन्। अनि जया र ऐश्वर्याबीच पनि खटपट छ। म त्यसका लागि जिम्मेवार छैन।’
जया बच्चनको रिसाहा बानी र केही कुरामा नअडिने प्रकृतिका कारण उनलाई राजनीतिमा नल्याउन आफूले अमिताभलाई आग्रह गरेको खुलासा अमर सिंहले गरेका थिए।
जया-अमिताभ भिन्न बस्नेबारे अमिताभकाे कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv