Latest Updates :

चन्द्रागिरि केबलकारको सबैभन्दा ठूलो बदमासीको भयो खुलासा


SHARE THIS POST :

काठमाडौं, २६ पुस । ऐन र नियमावली मिच्दै ४० वर्षका लागि वनको जग्गा हात पारेको चन्द्रागिरि हिल्स लिमिटेडले नगरपालिकाबाट नक्सापासै नगरी भटाभट भौतिक संरचना निर्माण गरेको–गरिरहेको खुलेको छ । केबलकारको टप स्टेसन भवन, मन्दिर, भ्यु टावर, कन्फरेन्स हल, रेस्टुरेन्टलगायत निर्माण सकेर व्यावसायिक सञ्चालनमा ल्याइसकेको चन्द्रागिरि हिल्सले कुनै पनि भवनको नक्सापास नगरेको जानकारी चन्द्रागिरि नगरपालिकाको नक्सा शाखाका ओभरसियर राजेन्द्र राईले दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

वन ऐन र नियमावलीविपरीत राजधानीको पर्यावरण सन्तुलनमा सहयोगी चन्द्रागिरिको ३६ हेक्टर ९७०९/२ रोपनी वनक्षेत्र लिज (भाडा) मा लिएर संरचना निर्माण गरेको समाचार केही दिनअघि सार्वजनिक भएपछि बल्ल कम्पनीले नक्सापासका लागि नगरपालिकामा प्रक्रिया अघि बढाएको छ। ‘भवन निर्माण सकेर केबलकार सञ्चालनमा ल्याएपछि नक्सापास गर्नुपर्‍यो भनेर कम्पनीले निवेदन दिएको छ,’ राईले भने।


नीय स्वायत्त शासन ऐन २०५५ को दफा १४९ मा नगरपालिकासँग अनुमति नलिई भवन निर्माण गर्न नपाइने व्यवस्था छ। चन्द्रागिरि २०७१ कात्तिक २६ मा नगरपालिका घोषणा भएको हो ।

ऐनमा नगरपालिका क्षेत्रमा भवन निर्माण गर्न चाहने व्यक्तिले भवन निर्माण गर्ने अनुमतिका लागि भवनको नक्सासहित तोकिएको ढाँचामा नगरपालिकासमक्ष दरखास्त दिनुपर्ने उल्लेख छ । चन्द्रागिरि हिल्सले केबलकारको टप स्टेसन, मन्दिर, भ्यु टावर, रेस्टुरेन्टलगायत भौतिक संरचना नक्साबिना नै निर्माण गरेको राईले उल्लेख गरे । च

न्द्रागिरि नगरपालिकाको ६ नम्बर वडामा पर्ने बटम स्टेसनको भवनको भने साविक थानकोट गाविस हुँदै नक्सापास भएको छ। चन्द्रागिरि हिल्सले चन्द्रागिरि डाँडामा निर्माण गरिरहेका अधिकांश संरचना नगरपालिकाको ६ नम्बर वडामा पर्छन् ।

नक्सापासै नगरी वनक्षेत्र फाँडेर उसले पाँचतारे होटल तथा रिसोर्ट, एम्युजमेन्ट पार्क तथा अन्य भौतिक संरचना बनाइरहे पनि सरकारी निकायहरू मौन छन् ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले असोज १७ मा जिल्ला वन कार्यालय, काठमाडौंलाई बुझाएको प्रतिवेदनमा टप स्टेसन, मन्दिर, कन्फरेन्स हल, भ्यु टावर तथा अन्य भौतिक संरचना निर्माण सम्पन्न भई साउन २४ देखि सर्वसाधारणका लागि खुल्ला गरिएको उल्लेख गरेको छ ।

औपचारिक उद्घाटन भने ३० मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए। हिल्सले अहिले पाँचतारे होटल रिसोर्ट, एम्युजमेन्ट पार्क तथा अन्य भौतिक संरचना निर्माण गरिरहेको छ ।

त्यसको ठेक्का रसुवा निर्माण सेवाले पाएको छ। नगरपालिकाबाट ती कुनै पनि संरचनाको नक्सापास भएको छैन । साविकको थानकोट गाविस १ र ९ मा पर्ने सामुदायिक वन जनताबाट खोसेर कबुलियतीमा रूपान्तरण गरी तत्कालीन माधव नेपाल नेतृत्वको सरकारले २०६८ साउन २० मा केबलकार, होटल, रिसोर्ट तथा भ्यु टावर सञ्चालन गर्न काठमाडौं फनपार्क लिमिटेडलाई भाडामा दिएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv