दक्षिणी छिमेकी भारत भने ६० औँ स्थानमा छ । जुन नेपाल र बंगलादेश भन्दा पनि धेरै कमजोर अवस्था हो । दक्षिण एसियाली मुलुक बंगलादेश यो सूचाङ्कको ३६ औँ स्थानमा रहन सफल भएको छ ।
यस सूचाङ्कमा भारत पाकिस्तान भन्दा पनि पछि परेको हो । विभिन्न १२ वटा सूचाङ्कमा आधारित रहेर तयार पारिएको प्रतिवेदनमा ७९ वटा विकासशील अर्थव्यवस्थामध्ये लिथुवानिया पहिलो स्थानमा रहन सफल भएको छ । त्यसपछि अजरबैजान र हंगेरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहन सफल भएका छन् ।
नेपालसँगै उत्तरी छिमेकी देश चीन भने १५ औँ स्थानमा रहेको छ । अर्कातिर पाकिस्तान ५२ औँ स्थानमा छ जुन भारत भन्दा आठ स्थान माथि हो ।
यो सूचाङ्कले भारत भन्दा समावेशी वृद्धि र विकासको दर अन्य छिमेकी मुलुकमा राम्रो रहेको प्रमाणित गरेको छ । मञ्चको समावेशी वृद्धि एवम् विकास रिपोर्ट २०१७ सोमवार सार्वजनिक गरिएको हो ।
यो रिपोर्टले नेपाल देशको आर्थिक वृद्धिसँगै असमानता घटाउन र समावेशी आर्थिक वृद्धि गराउन सफल रहेको देखिएको छ ।
Post a Comment