Latest Updates :

यमबुद्धले आत्महत्या गरेको होईन भन्दै र्‍यापर गिरिष खतिवडाले खोले मृत्युको सम्भावित कारण (भिडियोसहित)


SHARE THIS POST :
र्‍यापर गिरिष खतिवडाले यमबुद्धले कुनै पनि हालतमा आत्महत्या गर्नै नसक्ने बताएका छन्  । उनको मृत्युको खबर सुने लगतै भावुक र निराश बनेका खतिवडाले सामाजिक संजाल युट्युबमा एक भिडियो संदेश जारी गर्दै उनको मृत्युको कारण रसायन वा मादक पदार्थको प्रभाव हुनसक्ने आशंका व्यक्त गरेका छन् ।  र्‍यापको दुनियाँमा यमबुद्धको नामले चर्चित अनिल अधिकारीले शनिवार लन्डनमा आत्माहत्या गरेको खबरहरु सार्बजनिक भएका थिए  । र्‍यापर खतिवडाले सुरुमा आफुले यो खबर बिश्वास नगरेको र मिडियाले जे पनि लेख्छ भन्ने सोचेको बताएका छन् । ‘‘म फुट्छु तर झुक्दिनँ’ भनेर गाउने मान्छेले आत्मा हत्या गर्न नसक्ने उनको भनाई थियो। उनले बिगतमा उम्बुद्धले आफुसंग भएका कुराकानी पनि भिडियोमा सम्झेका छन् ।  ‘दाइ, वर्ल्ड टुर हान्नु पर्छ–वर्षको ३६५ दिनमा कम्तीमा पनि ३ सय वटा शहरमा । यसो गर्न पाए, एक लाखको हिसाबले पनि एक वर्षमा ३ करोड ल्याउन सक्छौं दाइ’, उनी त्यस्तो व्यवसायीक दिमाग भएका मानिस हुन् । निकै प्रेरित मानिस हुन् । सधैं अघि बढ्नुपर्छ भन्ने मानिस हुन् उनी । त्यसैले मलाई विश्वास नै लागिरहेको छैन,’ उनले भने ।  हेर्नुस निक्कै नै भावुक र्‍यापर गिरिष खतिवडाको भिडियो  ।  


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv