बलिउड बाट हलिउडमा प्रबेश गरेका बलिउड अभिनेत्री हुन प्रियंका चोपडा र दिपीका पादुकोन ।प्रियंकाले सिरीयल क्वान्टीको बाट हलिउडमा प्रबेश गरेकी हुन ।भने नायिका दिपिका भने ठुलो पर्दाको फिल्म ट्रिपल एक्स मार्फत हलिउडको यात्रा शुरु गरेकी हुन ।नब्बेको दशकको सिरीयलको फिल्म बेवाचमा पनि प्रियंका नायिकाको रुपमा आउदै छिन ।तर दुबै नायिकाले आ आफ्नो तरीकाले हलिउडमा करीयर अगाडी बडाउन संघर्ष गरी रहेका छन ।हलिउड प्रबेश गरे संगै दुबैमा देखीएको परीबर्तन भने एउटै खालको रहेको छ ।दुबै नायिका हलिउड प्रबेश गरेपछि आफुलाई बोल्ड बनाउदै लगिरहेका छन ।सार्बजनिक कार्यक्रमहरुमा हुने उनिहरुको उपस्थीतिमा पनि यस्तै झलक देख्न सकीन्छ ।केही समय अघि सम्पन्न गोल्डेन ग्लोब अवार्डमा नायिका प्रियंकाले आफुलाई हलिउड सेलिब्रटीकै हाउभाउमा प्रस्तुत गरेकी थिइन ।अर्की नायिका दिपिका पादुकोनले पनि नायक भिन संगकोे ट्रिपल एक्सको प्रोमोशनको बेला अंग प्रदर्शन गर्दै फरक रुपमा प्रस्तुतीको जमर्को गरेकी छिन ।


शेयर गर्नुहोस
Post a Comment