Latest Updates :

ताप्लेजुङमा वन रक्षकको हत्या


SHARE THIS POST :

ताप्लेजुङ, १७ पुस । जिल्ला वन कार्यालयअन्तर्गत खोक्लिङ रेञ्जपोस्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या भएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोट घर भएका शाहीको आज बिहान हत्या भएको हो । खोक्लिङ गाविसको ओइराखुस्थित सामुुदायिक वनको लगत सर्वेक्षणका क्रममा गएका समयमा स्थानीय सविन लिम्बुूले खुकुुरी प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
धारिलो हतियार प्रहारबाट घाँटी र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थल सदरमुकामबाट करिब चार घन्टाको पैदल दूरीमा पर्छ । खुकुरी प्रहार गर्ने सविन फरार रहेको र उनको खोजी कार्य भइरहेको बताइएको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv