Latest Updates :

राशिफल -वि.सं. २०७३ साल पुस १८ गते। सोमबार। इश्वी सन् २०१७ जनवरी २ तारिख।


SHARE THIS POST :
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मेहनतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। (नेपाली पात्रो)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ। तत्काल धेरै फाइदा नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कमजोरी बाहिर आउनाले नोकरी तथा राजनीतिमा मा समस्या पर्न सक्छ। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ। लगनशीलताले नाम र दाम दिलाउन सक्छ। (नेपाली पात्रो)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। (नेपाली पात्रो)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपहिलेका समस्या दोहोरिन सक्छन्। चिताएको काममा बाधा पुग्नेछ भने दौडधुपमै समय बित्नेछ। परिस्थितिले अलि अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। विशेष योजना स्थगित हुन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला। (नेपाली पात्रो)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। (नेपाली पात्रो)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoस्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। तर, काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्।आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। ठगीमा परिने योग भएकाले होसियार रहनुहोला। वैधानिक प्रावधानले पनि काम रोकिन सक्छ। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम प्रारम्भ होला। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्यमा केही कमजोरी देखिए पनि आँटेको काम सम्पादन गर्न सकिनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्। (नेपाली पात्रो)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै होला। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। (नेपाली पात्रो)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusहिम्मतले काम लिँदा फाइदा हुनेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। तर, समयमा सजग नबन्दा शुभचिन्तकहरू टाढिन सक्छन्। सहयोगीरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। पुरानो समस्याले बल्झिन सक्छ। फजुल खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। कृषिमा कामको चाप बढ्न सक्छ। तापनि, आंशिक लाभ भने मिल्नेछ। (नेपाली पात्रो)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornआम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक कार्यमा रुचि बढ्नेछ। विचार तथा अभिव्यक्तिले ख्याति बढाउला। (नेपाली पात्रो)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपहिलेका गल्ती सच्याउने मौका छ। चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न सकिनेछ। तत्काललाई खर्च बढे पनि दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ। टाढाको निम्तो आउनुका साथै लामो यात्रा सम्भावना छ। तर बलजफ्तीले हानि पुर्याउन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ। (नेपाली पात्रो)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv