Latest Updates :

दाइजो नदिएको निहुँमा २२ वर्षीया लालमुनी देवी साहको हत्या


SHARE THIS POST :

रौतहट - मागेअनुसारको दाइजो नदिएको निहुँमा रौतहटको पिपराभगवानपुर– २ फतुवामा शनिबार एक महिलाको हत्या भएको छ ।
दाइजो नदिएका कारण २२ वर्षीया लालमुनी देवी साहको हत्या भएको माइती पक्षले दाबी गरेको छ । लालमुनीको निधनको खबर सुनेर माइती गाउँ भारतको पूर्वी चम्पारण मोतिहारी जिल्ला जटौलिया गाउँबाट मृतककी आमा, बुबा, दिदी, भाइलगायतका आफन्त आज गौर आइपुगेका छन् । उनीहरुले लालमुनीले आत्महत्या नगरी परिवारले हत्या गरेको आरोप लगाएका छन् ।

मृतकको शव परीक्षणका लागि गौर अस्पतालमा राखिएको र परीक्षण प्रतिवेदन नआएसम्म केही भन्न नमिल्ने प्रहरीले जनाएको छ । घटना शङ्कास्पद भएकाले मृतकको ससुरा राजेन्द्र साह र सासू प्रमिला देवीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv