एमालेले जति सुकै हल्ला गरि उफ्रे पनि संबिधान संशोधन पारित हुने ठोकुवा – गृहमन्त्री विमलेन्द्र निधि - See more at:
काठमाडौं ७ माघ – उपप्रधानमन्त्री एवं गृहमन्त्री बिमलेन्द्र निधीले एमाले परिवर्तन विरोधी कितामा उभिन खोजेको आरोप लगाएका छन् । उनले आफैंले गरेका लिखित प्रतिबद्धतालाई बिर्सेर अरुलाई राष्ट्रघाती भन्ने एमाले जतिसुकै हल्ला गरेपनि संबिधान संशोधन पारित हुने ठोकुवा गरे ।
नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नम्बर ४ सप्तरीद्धारा बिहीबार नर्घो गाविसको झौहरा चौकमा आयोजित जनसभा र पार्टी प्रवेश कार्यक्रममा गृहमन्त्री निधीले भने,‘एमाले मधेस र मधेसी बिरोधी पार्टी हो, यसबाट मधेसका जनता समयमै सचेत हुनुपर्छ ।’
उनले सरकारले ब्यवस्थापिका संसदमा पेश गरेको संशोधन प्रस्ताव पारित हुनेमा विश्वस्त हुन कार्यकर्तालाई आग्रह गरे । उनले मधेसप्रति घृणा हुने खालका अभिव्यक्ति नदिन एमालेका नेतालाई आग्रह गरे ।
मन्त्री निधीले भने,‘मधेसका २२ जिल्ला पनि नेपाल हो, यहाँका बासिन्दा पनि नेपाली हुन् । अपमानित गर्ने अभिब्यक्ती नदिऔ ।’
‘एमालेले चिच्याउँदैमा संबिधान संशोधन प्रस्ताव पारित हुनमा कुनै बाधा हँुदैन’, निधीले भने, ‘संबिधान संशोधन प्रस्ताव राष्ट्र र जनताको हितमा छ, यसलाई राष्ट्रघाती भन्नेहरु परिवर्तन विरोधी हुन् ।’
एमालेप्रति निक्कै अक्रामक देखिएका मन्त्री निधीले अहिले सरकारले ल्याएको संशोधन प्रस्तावमा यस अघि नै एमालेले लिखित सहमति गरेर प्रतिबद्धता जनाएपनि अहिले खुटा तान्ने काम गरेको आरोप लगाए ।
निधीले भने, ‘हामीले मधेसमा दुई प्रदेशको कुरा गर्दा मधेस केन्द्रित दलका नेताहरु उफ्रिनुहुन्थ्यो, पछि उहाँहरु पनि त्यसैमा सहमत हुनुभयो ।’
Post a Comment