Latest Updates :

मलेसियामा नाङ्गै नाचेकी रियाको यस्तो प्रतिक्रिया


SHARE THIS POST :

काठमाडौं । चाइनिज नयाँ बर्षको अवसरमा गत जनवरी २८ तारिखको दिन मलेसियास्थित बाख्री वातु–८ मा सम्पन्न ‘युनिक साँस्कृतिक धमाका–४’ नाम दिइएको कार्यक्रममा नायिका तथा मोडल रिया श्रेष्ठले डान्समा खोलिएको वस्त्रबारे प्रतिक्रिया दिएकी छिन् ।

उनले डान्समा खोलिएको बस्त्रबारे सोध्दा यो मेरा लागि सामान्य प्रस्तुती रहेको बताएकी छिन् । यस्तो डान्स पहिलै नै पनि गरिसकेकाले मेरो लागि ‘नर्मल’ रहेको बताएकी हुन् ।

आफूले प्रस्तुती दिँदै जाँदा दर्शकको माया, साथ र हौसला पाएकोमा म हौसिए । उनले भनिन्, ‘दर्शकलाई झन आफैंतिर आकर्षित गर्न कपडा नै खुल्न पुगेछु । आफूले जानीजानी कपडा नखोलेको र आबेगमा आएर खोल्न पुगेछु ।’


रिया र इकुको डान्स हेर्ने अधिकांश दर्शकले भिडियो रेकर्ड गरेका थिए । उक्त डान्स सकिएको मिनेट भरमै उक्त भिडियो विभिन्न सामाजिक संजालमा भाईरल भएको थियो ।

उक्त भिडियोलाई लिएर धेरैले आ–आफ्ना टीका टिप्पणी गरे । धेरैले रियालाई गाली गरे भने कसैले रियाको त्यो डान्स र प्रस्तुती समयको माग हो पनि भने । तर, मलेसियामा यसलाई स्विकारिएन् ।

यसरी सुरु भएको थियो कार्यक्रम
मलेसियाको जोहोरराज्यको मुआरमा पर्ने बखरीको एउटा हल । जनवरी २८ तारिख शनिवार । बखरी आसपासमा काम गर्ने नेपाली कामदारले उक्त हल भरिभराउ भएको थियो ।

नेपालबाट आएका राष्ट्रिय कलाकारको विभिन्न प्रस्तुत हेर्न उक्त हलमा नेपाली दर्शकको भीड हुनु स्वभाविकै थियो । मध्याह्न १२ बज्न लागेको थियो । कार्यक्रम संचालन भै रहेको मञ्चबाट उद्घोषकले जब हट एंव आईटम डान्सर रियाको नाम बोलाएर स्टेजमा बोलाए । त्यहाँ ताली र हुटिङले हल नै रमाइलोमय बनेको थियो ।

उद्घोषकले बोलाउना साथ रिया पनि स्टेजमा आईपुगिन् । केही मिनेट उनले आफ्नो परिचय दिइन् र नमस्कार गरिन् ।

उनी स्टेजमा पुग्दा सेतो टिसर्ट अनि कालो स्कट लगाएर कम्मर मर्काउँदै आइपुगिन् । उनी स्टेजमा पुग्दा उनलाई सबैले हट आईटम डान्सर भन्दै हुटिङ लगाइरहेका थिए ।

उनले जब आफ्नो प्रस्तुती देखाउन सुरु गरिन् तब दर्शकले ताली र हुटिङ गर्दै डान्स हेरिरहेका थिए । डान्सका क्रमा रियालाई एकपटक छुन मात्रै भए पनि धेरै दर्शकले प्रयास गरेर स्टेजको अगाडि नै पुग्ने प्रयास गरेका थिए ।

दर्शकलाई रियाले स्टेजबाट हात पनि समाईदिइन् । त्यसपछि दार्शक झन उत्तेजित भए र हुटिङ झन बढ्न थाल्यो । साउन्ड सिस्टममा बजेको गीत भन्दा ठूलो आवाज दर्शकको हुटिङ थियो ।

त्यही दर्शकको हुटिङले गर्दा रिया पनि उत्तेजित भइन् र आफ्ना बाहिरी वस्त्र एक पछि अर्को गर्दै खोलिन् । त्यसपछि त दर्शकले झनै हुटिङ र ताली पिट्न थाले ।

स्टेजमै टिसर्ट र स्कट खोलेर रियाले दर्शकलाई त्यतिकै छोडिनन् । स्टेजमै रियासँगै डान्स गर्ने सुलेमान शंखर (इकु) सँग किसको सिन पनि देखाईदिइन् । रिया र इकुको यो कामुक प्रस्तुतिले दर्शकमा पनि कामुकता बढायो । अनि हलमा झम गुन्जियो ‘वान्स मोर रिया’ ।

यस्तो थियो उनीहरुले नाचेको भिडियो


भिडियो भाइरल बनेपछि टिकाटिप्पणी सुरु
उनीहरुले नाचेको भिडियो भाइरल बनेपछि धेरैले उनीहरुलाई गाली गरे । कसैले समयको माग अनुसार रियाले यस्तो प्रस्तुती देखाएकी पनि भने ।

तर, उनीहरुलाई गाली गर्नेको हुल धेरै थियो । धेरैले इकुलाई भन्दा पनि रियालाई नै गाली गरेको देखिन्छ । ‘रिया श्रेष्ठ तिम्रो वस्त्रको हार्दिक श्रद्धाञ्जली । शब्द नाङ्गो हैन् नेपाल र नेपालीको इजत र गहना पो नाङ्गो ।’ भन्दै पनि उनलाई गाली गरेका छन् ।

रियाको यस्तो भिडियो सार्वजनिक भएपछि उनले माफी माग्नुपर्ने ठाउँमा ‘नर्मल’ भन्दै हिँड्नु कतिसम्म उचित होला ? उनको यो भिडियोले कलाकारिता क्षेत्रमा केही असर नपरेको हो त ?

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv