Latest Updates :

एउटा फेसबुक स्टाटसले भेटिएको ३० वर्ष अघि अफगानिस्तानमा बेपत्ता भएका एक नेपाली


SHARE THIS POST :
बैतडी– उनी ३० वर्षसम्म कहाँ थिए, के गर्दैथिए घरपरिवार कसैलाई पत्तो थिएन।तीन महिनाअघि उनी अचानक फेला परे। फेसबुकमा आफ्नो जन्मथलो र परिवारबारे लेखेका उनलाई त्यही स्टाटसले घरपरिवारसम्म सम्पर्कमा पुर्‍यायो। घरपरिवार औधि खुसी भए। ३० वर्षअघि हराएको आफन्त अफगानिस्तानमा सकुशल रहेको र छिट्टै घर आउन चाहेको थाहा पाउँदा परिवारमा खुसीको सीमै रहेन। आजको नागरिकमा खबर छ ।


तर, त्यो खुसी धेरै दिन टिक्न सकेन।

घरबाट बेपत्ता बनेर ३० वर्षपछि परिवारको सम्पर्कमा आएका बैतडी, हटैराज–२ का नरेन्›बहादुर चन्दको अवस्था फेरि अज्ञात छ। फोनमार्फत परिवारको सम्पर्कमा आएका उनी गत पुस ११ देखि सम्पर्कमा छैनन्। उनको फेसबुक अकाउन्ट पनि सक्रिय देखिन्न। पाकिस्तानी सुरक्षा निकायले उनी बसोबास गर्दै आएको पाकिस्तानको बलुचिस्तानबाटै पक्राउ गरेको भन्ने सूचना पाए पनि पुष्टि हुन नसकेको आफन्त बताउँछन्।

पाकिस्तान–अफगानिस्तानको युद्धरत क्षेत्र बलुचिस्तानको चमनमा आफू रहेको जानकारी चन्दले केही महिनाअघि फोनबाट गराएका थिए। ‘जसरी भए पनि म आफ्नो घर नेपाल फर्कन चाहन्छु,’ तीन महिनाअघि फेसबुकमार्फत उनले जानकारी गराएका थिए। त्यसलगत्तै उनीमाथि सोधीखोजी सुरु भएको परिवारले बताएको छ।

चन्दले घर फर्कने इच्छा व्यक्त गरेपछि उनका दाइ रणबहादुर चन्दले परराष्ट्र मन्त्रालयमार्फत नाता प्रमाणितलगायत कागजात पठाए पनि उनको उद्धार हुन सकेको छैन। पछिल्लो समय उनको मोबाइलमा सम्पर्क पनि हुन नसकेको उनका भतिजा ललित चन्दले बताए। ‘के कस्तो अवस्थामा छन्, केही जानकारी पाउन सकेका छैनौं,’ उनले भने। लामो समय बेपत्ता बनेका चन्द घर फर्कन चाहिरहेको अवस्थामा सम्पर्कमा नआउँदा उनका आफन्त चिन्तित छन्।

१४ वर्षको हँुदा घरबाट भागेर भारतको पिथौरागढ, झुलाघाटमा होटलमा भाडा मा‰ने काम गरिरहेका बेला आफूलाई एक पाकिस्तानीमूलका व्यापारीले फकाएर लगेको र बागाबोर्डर हँुदै ३० वर्षअघि लाहोर, कराँची पुगेको नरेन्›ले बताएका थिए।

पाकिस्तानको क्वेटामा छँदा अफगानीमूलकी एक शरणार्थी युवतीसँग बिहा गरेर दुई छोराछोरीका बाबु बनिसकेका नरेन्›ले पाकिस्तानी मालिककै दबाबमा आफूले नाम र धर्म फेरेर ‘महमद अयुब खान’ बनेको आफन्तलाई सुनाएका थिए।

घरबाट भागेर गएका चन्द केही महिनाअघि सम्पर्कमा आएर एकाएक पुस पहिलो सातायता बेखबर भएपछि उनको परिवार चिन्तामा छ। सबै कागजात पठाएर राजदूतावासमार्फत पहल भइरहेको बताए पनि कुनै जानकारी नआउँदा चिन्ता थपिएको उनका दाइ रणबहादुरले बताए। परराष्ट्र मन्त्रालयमा टेलिफोन गर्दा पहल भइरहेको खबर आए पनि खासै पहल हुन नसकेको उनको दुःखेसो छ।

परिवारको सम्पर्कमा आउँदा नरेन्द्रले घरपरिवारले खोजतलास गर्न आशा गरेको बताएका थिए। आफ्नो परिवारका दुई दाजु गजबहादुर र रणबहादुर त्यसबेलै नेपाली सेनाका जागिरे रहेकाले पनि आफ्नो खोजबिन हुनसक्ने आस नरेन्›ले गरेका रहेछन्। तर, वषर्ौं बितिसक्दा पनि आफन्तको कुनै अत्तोपत्तो लाग्न नसक्दा र त्यत्तिका वर्ष कोही नेपालीसँग भेट हुन नसक्दा जीवन यत्तिकै बित्ने उनले ठानेका थिए।

एक दिन घर फर्कने सोचाइ बनाएर बसिरहे पनि सबैतिरबाट हार खाएपछि नरेन्›ले इस्लाम धर्म कबुल गर्दै चमन क्षेत्रमै बस्ने अफगानी शरणार्थी परिवारकी छोरी बिहा गरेका थिए। श्रीमती मरियाम, १२ वर्षीय छोरो इरफान र १० वर्षीया छोरी सवानिसासहित उनी चमनस्थित ससुराको भाडाको घरमा बस्दै आएका उनले जानकारी दिएका थिए।

गाउँघरको माया र सामान्य मजदुरी गरेर ‘रोजीरोटी’ चलाइरहेका नरेन्›ले युद्धरत भूमिमा आइपुगेको र आफू शरणार्थीसरह भएकै कारण कुनै पनि बेला कडा कानुनी कारबाहीमा पर्नसक्ने जानकारी पाएपछि घर फर्कन चाहेको बताउँदै आएको उनका आफन्तले जनाए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv