श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको मृत्युको भविष्यवाणी गर्ने एक ज्योतिषीलाई पुलिसले पक्राउ गरेको छ ।
ज्योतिषी विजिथा रोहाना विजेमुनीले राष्ट्रपतिको पछिल्लो महिना मृत्यु हुने भविष्यवाणी गरेका थिए ।
विजेमुनी पहिला श्रीलङ्काको सेनामा काम गरिसकेका थिए ।
उनले सोसल मिडियामा जारी भिडियोमा राष्ट्रपतिको जनवरीको २७ तारिखमा कुनै
दुर्घटना वा कुनै रोगको शिकार हुनेछन् ।
पछि उनले यो मितिलाई बढाएर अक्टोबर २७ तारिख बनाएका थिए ।
ज्योतिषी विजिथा रोहाना श्रीलङ्कामा निकै चर्चित छन् । उनी यस्ता व्यक्ति हुन् जसले भारतका पूर्व प्रभानमन्त्री राजिव गान्धीमाथि बन्दुकको नलले हमला गरेका थिए ।
Post a Comment