अष्टिन टेक्सास । अमेरीका टेक्सासको अष्टिनमा एक नेपाली मुलका युवाले आत्महत्या गरेका छन् । करिब २/३ महिनादेखी डिप्रेसनका कारण काम नगरि घरमै बसिरहेका २२ वर्षिय रुद्र कडरियाले घरको कोठामा रहेको पंखामा आफ्नै सर्टको पासो लगाएर (झुन्डिएर ) आत्महत्या गरेको पारिवारीक स्रोतले जानकारी दिएको छ । नेपालको झापा घर भएका मृतक रुद्रको परिवार करिब ३ वर्ष देखी अष्टिनमा बसोवास गरिरहेको थियो । दुई तिन महिना देखी दाईले काम नगरि घरमै बसिरहनुभएको थियो भाई पदमले भन्नुभयो एक्कासी के सोच्नुभएछ आत्महत्याको बाटो रोज्नुभयो । घरको जेठो छोरो गुमाएपछि परिवार शोकमा डुबेको छ । घटना मंगलवार भएपनि ढिलोगरी सुचना प्राप्त भएको हो ।
लाइटनेपालबाट साभार गरिएको सामाग्री ।
Post a Comment