अभिनेत्री प्रियंकाको पहिलो भारतीय बिज्ञापन, कस्ती देखिइन् आमा बन्दा ! -
काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले छोटो समयमै निकै राम्रो प्रगती गरेकी छिन् । नेपाली सिनेमा, म्युजिक भिडियो र देश विदेशका स्टेज कार्यक्रमहरुमा उनले काम गरेको त हामी सबैलाई थाहा छ ।
उनले हालै मात्र भारतीय चाउचाउको एउटा बिज्ञापनमा पनि काम गर्ने मौका पाएकी छिन् । अहिले उनले काम गरेको भारतीय चाउचाउ ‘ईट ओ’को विज्ञापन भाइरल भएको छ ।
यु ट्युबमा पनि यो बिज्ञापन तीन नम्बर ट्रेडिङमा परेको छ । विज्ञापनमा उनी आमाको भूमिकामा देखा परेकी छिन् । ४० सेकेण्डको यो बिज्ञापनलाई नेपाली प्रोडक्शन ‘जी ट्वेन्टी वान’ले बनाएकोे हो ।
अराज केसब र मोहित मुनालको पनि आवाजमा रहेको यो विज्ञापन बानेश्वरको रियल टाइम स्टुडियोमा रेकर्ड गरिएको हो ।
यही विज्ञापनको श्रीलङकाली संस्करणमा श्रीलङकाकी मोडल तथा अभिनेत्री परमिताले काम गरेकी छिन् । स्रोत forseenetwork.com बाट
Labels:
Featured
,
International News
Post a Comment