Latest Updates :

प्रचण्डलाई ओलीको चेतावनी: ‘मैले भिडौं भन्न मिलेन, सम्हालिएर बोल्नुस्’


SHARE THIS POST :
१९, माघ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सम्हालिएर बोल्न चुनौती दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले वासिएलको एकता भेलामा प्रचण्डले हिजो बोलेको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन्
प्रचण्डले ओलीप्रति संकेत गर्दै, ‘राष्ट्रवादका नाममा दक्षिण पन्थी हावा चल्दैछ’ भन्दै वाइसियललाई त्यसका विरुद्ध सक्रिय हुन आग्रह गरेका थिए । ‘अब उग्रबामपन्थ नटिक्ने भो, राष्टबादले देश सक्ने भयो भन्ने डरले उहाँ (प्रचण्ड) मा देखियो, ओलीले भने, मैले आउनुस् न त भिडौं भन्न मिलेन, सम्माहलिएर बोले राम्रो हुन्थ्यो ।’
अखण्ड नेपाल पार्टीकी उपाध्यक्ष एमालेमा प्रवेश
संसदको सार्वजनिक लेखा समितिको सभापति पद प्रतिपक्षीलाई दिने परम्परा तोडेको प्रति पनि ओलीले ब्यङ्ग्य गरे । यत्रो शक्ति भएको बेला माओवादीले प्रतिपक्षी भन्ने कुरा राख्नुहुँदैन, ब्यङ्ग्य गर्दै ओलीले अगाडि भने, अब बाँकी एउटा प्रमुख प्रतिपक्षी दलको नेता पनि उहाँहरुले नै लिए हुन्छ ।
उनले वुद्धिजीवी भनौंदाहरुले जथाभावी बोल्दा देश संकटमा परेको भन्दै मुसाको कथा सुनाए ।’मुसाले कुतुर कुतुुर लुगा काटेन भने उसको दाँत बढ्छ काम लाग्दैन तर थोत्रा मैला काम नलाग्ने लुगा काटेपनि त हुन्थ्यो सुट नै काट्छ, बुद्धिजीवीप्रति कटाक्ष गर्दै ओलीले भने, वुद्धिजीवीको पनि दाँत तिखो पार्न वुद्धिमा धार लाउनु पर्छ तर देशलाई नोक्सान हुनेगरी धार नलाए राम्रो हुन्थ्यो।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv