एजेन्सी माघ १९ ।
अफ्गानिस्तानकी एक २३ वर्षे युवतीका पतिले दुई वटै कान काटि दिए पछि अहिले जीवन बचाउन संघर्षरत छिन् ।
बाल्ख प्रान्तकी जरीना नामकी युवतीको उपचार एउटा अस्पतालमा भईरहेको छ । उनले बिबिसीसगँ भनिन् मैले कुनै पाप गरेको छैन, तर किन मेरो पतिले मलाई यसो गरे ।
१३ वर्षकै उमेरमा जरीनाको बिबाह भएको थियो । त्यस पछि सन्की व्यवहार गर्ने उनका पतिले आफ्नो आमा बुवासगँ भेट्न जान नदिने गरेको र भेट्न जादा अरु मान्छेसगँ लागेको आरोप लगाएको जरीनाले बताईन् ।
जरीनाको पति उनको कान काटेर छिनाए पछि फरार रहेको प्रहरीले जनाएको छ । जरीनाले अब आफू त्यस्तो पतिसगँ बस्न नचाहेको पनि बताएकी छन् ।
Post a Comment