Latest Updates :

सात दिन मै १० बर्ष कम उमेरको देखिने घरेलु उपाय


SHARE THIS POST :

के तपाई आफ्नो उमेर कम देखाउन चाहनुहुन्छ त्यो पनि १० वर्ष कम । हो जापानी महिलाहरुको आकर्षक र मुलायम छालाको रहस्य जुन वर्षौ देखि लुकेको थियो त्यो हो चामल,जुन हामिले दैनिक रुपले खाने गर्छौ । हो, हामिले आफ्नो भान्सामा नै बसेर खाना बनाउदै आफ्नो छालालाई सुन्दर र मुलायम बनाउन सक्छौ । न त कुनै पार्लर नै धाउनु पर्ने छ,न त कुनै ब्युटी किल्निक नै , चामलको तेल,चामलको पाउडर र चामलको झोल अर्थात माडबाट हामि आफ्नो छालालाई मुलायम , अनुहारको दाग धब्बा हटाउन,छालालाई चम्किलो पारि छालामा परिवर्तन ल्याउन सक्नुहुन्छ । साथै चामल हामिले आफ्नो आहारको रुपमा खान्छौ र एन्टिओक्सिडेंट शक्ति प्राप्त गर्छौ ।


चामलमा लिनोलिक एसिड(linoleic acids) र स्क्वलीन (squalene) हुन्छ । जुन एक शक्तिशाली एन्टिअक्सिडेंट हो।जसले छालामा कोलेजन उत्पादन गर्ने काम गर्दछ । यसले मुहारमा हुने चाउरीपना हटाउन मद्दत गर्नुका साथै यसले घामबाट पनि छालालाई सुरक्षित राख्दछ। त्यस्तै चामलमा हुने ‘भिटामिन ई’ र ‘गामा ओरिजिनल’ ले मुटुलाई समेत स्वस्थ राख्नुको साथै हाम्रो शरीरको कोलिस्ट्रोल समेत कम गर्न सहयोग गर्छ । चामल पाईने यस्तो खालको बिशेषताको ज्ञान पहिले देखिनै जापानीहरुलाई मात्र थियो। त्यसैले उनीहरु यसको प्रयोग गर्थे। सामान्यतया जापानिज महिलाहरुको भएको उमेरभन्दा कम उमेरको देखिनुको रहस्य यसको प्रयोग रहेको पनि एउटा अध्ययनबाट खुल्न आएको छ।

चामलमा विभिन्न खालका अविश्वसनिय शक्ति पईन्छं, जसले छालाले नयाँपन ,मुलायम र सुन्दरता ल्याइदिन्छ।आउनुहोस् अब , हामिले तपाईलाई चामलको त्यस्तो फेस प्याक बनाउन सिकाउछौँ जसले तपाईको छालाको चाउरीपना हटाउने देखि लिएर एक चमक ल्याइदिन्छ । आवश्यक सामाग्रीहरु

३ चम्चा चामल
१ चम्चा दुध
१ चम्चा मह

 सर्वप्रथम चामललाई उसिन्ने र उसिनेको चामलबाट रस अर्थात माडलाई फ्याक्ने र चामलमा १ चम्चा दुध मिसाउने अनि राम्ररी घोल्ने, घोलिसकेपछी त्यसमा मह मिसाउने,
फेस राम्ररी सफा गरेर सुख्खा कपडाले पुछ्ने अनि तयार पारेको फेस प्याक लगाउने सो प्याक सुकेपछि अघि निकालेको चामलको रसले मुख धुने,
चामलको पानीमा एन्टिअक्सिडेंट हुने हुदा उमेर अनुसारको चाउरीपन हटाउने र छाला मुलायम पार्ने कम गर्दछ। यसले रक्तसंचार प्रणालीमा राम्रो सुधार ल्याउछ। यदि हजुरले यी बिधिहरु सहि रुपले अपनाउनु भयो भने यसले तपाईलाई साच्चिकै १० वर्ष कम उमेर जस्तो मुहार बनाउनुको साथै घामको किरणबाट पनि जोगाउदछ ।

तपाईले आफुलाई साच्चै १० वर्ष कम देख्न चाहानुहुन्छ भने यो बिधि हप्तामा कम्तिमा पनि अनिवार्य एक पटक गर्ने पर्ने हुन्छ, सके हप्तामा दुई /तीन पटक आवस्कता हेरर गर्नुहोस् ।



.

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv