Latest Updates :

भारतले दशगजा मिचेर सडक र नाला बनाएपछि नेपालद्वारा कडा प्रतिवाद, भत्काउने सहमति


SHARE THIS POST :

महोत्तरी, भारतको विहार राज्यको मधुबन्नी जिल्लाको जयनगरस्थित एसएसबीको ४८औं वाहिणी क्याम्पमा नेपाली र भारतीय अधिकारीबीच बसेको दुई पक्षीय बैठकमा सीमा अतिक्रमण समस्याबारे छलफल भएको छ ।
बैठकमा बोर्डर पिलरहरूलाई मर्मत गर्ने, विवाद देखिएमा दुई देशको सर्वे टोली खटाउने दशगजा क्षेत्रको विवाद तत्काल अन्त्य गर्ने, दशगजाभन्दा सय फिटमा कुनै पनि निर्माण कार्य रोकिने र दुवै देशका सीडीओेको अनुमति आएमा मात्र कार्य अगाडि बढाउने र दशगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएको सडक भत्काउने निर्णय गरिएको छ ।
बैठकमा सदा झैं दुवै देशका अधिकारीले राष्ट्रिय सुरक्षामा दखल पु¥याउने आतंकवाद, सीमा क्षेत्रमा हुने लागूऔषध ओसारपसार, भन्सार छली गर्ने गिरोह, मानव बेचबिखन, सीमा स्तम्भको अवस्था र सीमा अतिक्रमणका घटनाबारे छलफल गरेका थिए । बैठकमा सीमा स्तम्भको मर्मत सम्भार र अपराधी गतिविधिमा संलग्न भई एकअर्को देशमा लुकीछिपी बसेका बारे सूचना आदानप्रदान गर्नेलगायत सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए ।
बैठकमा सीमा क्षेत्रमा आपराधिक गतिविधि हुन नदिई, शान्ति सुरक्षा कायम गर्न, गस्ती र निगरानी बढाई उच्च सतर्कता अपनाइने निर्णय भएको हो ।
बैठकमा नेपाली पक्षले सीमा अतिक्रमणको विरोध गरेको बैठकमा सहभागी नेपाली अधिकारीले जनाए । मधुबनी जिल्लाका मजिस्टे«ट ९डीएम० गिरबर दयाल सिंहले अतिक्रमण तत्काल हटाई सीमा क्षेत्रमा कुनै पनि प्रकारको निर्माण कार्य हुन नदिन मातहतका कर्मचारीलाई आदेश दिएका छन् । सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा स्थायी संरचना नबनाउन भारतीय पक्षलाई आग्रह गरे पनि नटेरेको जनाएको छ ।
जनवरी पहिलो सातामै एसएसबीसँग दशगजामा कुनै पनि निर्माण कार्य हुन नदिन सहमति भएको थियो । तर, जनवरी २५ मा ५०र६० जनाको भारतीय समूह आएर सडक बनाएको छ । प्रजिअले नापी टोली पठाएर सर्भे गर्दा २० फिट जमिन अतिक्रमण भएको ठहरिएपछि भारतीय समकक्षीसँग यसबारे छलफल भएको हो । बैठकमा सीमा अतिक्रमण र भारतीय पक्षले गरेको हेपाहा प्रवृत्तिबारे नेपाली पक्षले गम्भीर आपत्ति जनाएको थियो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव प्रहरी नायब उपरीक्षक शालीग्राम शर्मा सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दीपक तथा भारत विहारको मधुबनीका डिस्ट्रिक्ट मजिस्टे«ट गिरिधरदयाल सिंह, एसपी दीपक वर्णवाल एसएसबीका एसपी अजितसिंह राठौरलगायत सम्बन्धित सरोकार राख्ने कार्यालयका प्रमुखको बैठकमा सहभागिता रहेको थियो ।
यसअघि भारतको केन्द्रीय सरकारले भारतसँग सीमा जोडिएका महोत्तरीको मटिहानीमा दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको थियो ।
भारतको गृह मन्त्रालयले सीमादेखि आठ किलोमिटरभित्र ठूला संरचना निर्माण नगर्ने नीति तर्जुमा गरेको केही दिन नबित्दै भारतीय केन्द्रीय सरकारले भारतसँग सीमा जोडिएका महोत्तरीको मटिहानीमा दशगजा मिचेर पक्की सडक तथा एक किलोमिटर पक्की नाला निर्माण गरेको हो ।
दश गजाभन्दा १० मिटरवरपर कुनै पनि निर्माण कार्य गर्न नपाइने अन्तर्राष्ट्रिय कानुनलाई समेत उल्लंघन गर्दै सीमा विकास कार्यक्रमअन्तर्गत भारतीय केन्द्रीय सरकारले नेपाली भूभागको दशगजा क्षेत्र मिचेर मटिहानी छोटी भन्सार कार्यालय नाकादेखि २ नम्बर भन्सार नाका सम्मको दक्षिणतर्फ नाला तथा मटिहानी–८ मा सडक निर्माण कार्य गरेको हो ।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय नियमअनुसार दुई देशको सीमा रेखाको दुवैपटि १० मिटर भूभागमा बसोबास र भौतिक पूर्वाधार निर्माण गर्न पाइँदैन तर भारतीय पक्षले एकलौटी रूपमा निर्माण गरेका नाला र सडक दशगजाको ८÷८ मिटरभित्रै रहेका छन् ।
भारतीय पक्षले ७.३१ मिटर दशगजाभित्र पर्ने भूभाग मिचेर पक्की सडक र नाला निर्माण गर्न लागेको जानकारी पाएलगतै २३ पुसमा सशस्त्र प्रहरी बेसक्याम्प मटिहानीले उक्त संरचना निर्माणमा रोक लगाएको थियो । तर, भारतीय बजार मधवापुरका स्थानीय र एसएसबीले बलजफ्ती दशगजा मिचेर पक्की सडक र नाला निर्माण कार्य पूरा गरेका हुन् ।
एकलौटी रूपमा नेपाली भूभाग डुबाउने नियतले नाला र सडक निर्माण गरिएकाले तत्काल रोक्न भारतीय पक्ष र गृह मन्त्रालयलाई जानकारी गराइएको सीमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीले जनाएको छ ।
दशगजाभन्दा १० मिटरवारि र पारि कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्र्रािष्ट्रय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले उक्त सम्झौतालाई लत्याउँदै दशगजा मिचेर सडक र नाला निर्माण गर्नु गलत काम भएको स्थानीयको भनाइ छ ।
भारतीय पक्षले सन् २००८ तिर नेपालतर्फको मटिहानी–८ र भारत तर्फको मधवापुरलाई छुट्याउन गाडिएको पिलर नं। २९४ र २९५ नम्बर पिलर नजिकको भूभागमा दशगजा मिचेर पहिल्यैदेखि त्यहाँ सडक निर्माण गरेको थियो । त्यही सडकलाई आधार मानेर फेरि पनि पक्की सडक र नाला निर्माण गर्न लाग्दा सशस्त्र प्रहरीलाई नयाँ संरचना निर्माण भएको क्षेत्र दशगजा मिचेर निर्माण गर्न लागेको शंका लागेपछि जलेश्वर नापी कार्यालयबाट दुईजना अमिनलाई बोलाई नापनक्सा गर्दा दशगजा मिचिएकै प्रमाणित भएको थियो ।
अमिनहरूको नापनक्साअनुसार भारतीय पक्षले ७.३१ मिटर दशगजा मिचेर संरचना निर्माण गर्न लागेका थिए । भारतीय एसएसबीका कमान्ड शंकर देले पनि भारततर्फको अमिनलाई समेत बोलाएर नापनक्सा गर्दा अहिले नयाँ निर्माण गर्न लागेको संरचना दशगजा मिचेर निर्माण भइरहेको पुष्टि भएपछि उनले तत्कालका लागि काम रोकेर नियमअनुसार काम अघि बढाउन ठेकेदारलाई निर्देशन दिई दिएका थिए ।
नेपालतर्फको मटिहानी र मधवापुर पहिल्यैदेखि सीमा विवाद भई राख्ने ठाउँ हुन् । त्यहाँ दुवैतर्फ निर्माण भएका निजी र सरकारी भौतिक संरचनाले भारत र नेपाल छुट्याउनसमेत गाह्रो पर्ने स्थिति रहँदै आएको छ । राजधानी दैनिकमा खबर छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv