Latest Updates :

नेसनल अस्पतालले निशुल्क क्यान्सर सिक्रिनिङ गर्दै


SHARE THIS POST :

काठमाडौं– क्यान्सर दिवसको अवसर पारेर नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले हरेक वर्ष जसो यस वर्ष पनि विभिन्न कार्यक्र गर्ने भएको छ । फेब्रुअरी ४ मा मनाइने क्यान्सर दिवसलाई मध्यनजर गरी नेसनल हस्पिटलले विहीबार जावलाखेलस्थित अस्पतालमै साक्षात्कार कार्यक्रमको आयोजना गरी क्यान्सर सम्बन्धी हुने गरेको विभिन्न समस्याका विषयमा  जानकारी दिनुका साथै  नेशनल अस्पतालले गर्दै अाएकाे कामका विषयमा समिक्षा गरेकाे हाे । यस वर्ष ‘वी क्यान आइ क्यान’नारा सहित विश्व क्यान्सर दिवस मनाइँदै छ ।

विश्व क्यान्सर दिवसको अवसर पारेर अस्पतालले आउँदो शनिबार एक सय जना महिलाको निशुल्क क्यान्सर स्क्रिनिङ्ग गर्नुका साथै विभिन्न सेवामा ५० प्रतिशत छुट दिने तथा  क्यान्सर विशेषज्ञसँग अन्तक्रियात्मक कार्यक्रम समेत आयोजना गरिने अस्पतालका अध्यक्ष डा. मदनकुमार पियाले जानकारी दिए ।  नेशनल हस्पिटलले  क्यान्सर रोग लागेर अन्तिम अवस्थामा पुगेका तथा जो बिरामी अस्पताल पुग्न सक्दैनन् उनीहरुलाई घरसम्म गई निशुल्क उपचार गर्नको लागि फ्रि होम होस्पिस केयरको सुविधा समेत दिँदै आएको छ । त्यस्तै अस्पतालले क्यान्सर रोग लागेका विरामीहरुको उपचारका लागि नेपाल सरकारबाट दिइने रु १ लाख बराबरको निशुल्क औषधि उपचारको सुविधा पनि सहज रुपमा  दिँदै आइरहेको छ ।

नेपालमा रहेका क्यान्सर विशेषज्ञको आँकडामा नेपालमा वर्षेनी ६० हजार भन्दा बढी मानिसहरू क्यान्सरबाट प्रभावित भएको तथ्यांक छ । जसमध्ये पनि ८० प्रतिशत विरामीहरु अन्तिम चरणमा पुगेको अवस्थमा मात्र अस्पताल पुग्ने गरेको तथ्यांक छ ।  क्यान्सर भन्ने वित्तिकै आम मानिसमा भयावहरु रुपमा सोच्ने गरे पनि यसको समयमै उपचार गरियो भने निदान सम्भव रहेको नेशनल हस्पिट एण्ड क्यान्सर रिसर्च सेन्टरका प्रबन्ध निर्देशक प्रा. श्यामकृष्ण जोशीले बताए ।

उनले भने– ‘आम मानिसमा क्यान्सर सम्बन्धी जनचेतनाकाे कमी भएका कारण यो रोग भयावह हो भन्ने परेको हो, तर रोगबारे समयमै जानकारी प्राप्त गर्न सकियो भने पूर्ण रुपमा उपचार सम्भव हुन्छ । नेपालमा यस रोगको उपचारका लागि आउने अधिकांश रोगीहरु अन्तिम चरणमामात्र अस्पतालमा पुग्ने भएको हुँदा ज्यान गुमाउने जोखिम मात्र बढेको हो ।’ यसका लागि हरेक मानिसले समय–समयमा स्वास्थ्य परीक्षण गरीराख्नुपर्ने बताए ।

नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले हालसम्म १२ हजार भन्दा बढी महिला दिदीबहिनीहरुको क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्नुका साथै उनीहरुलाई क्यान्सरका विषयमा विविध जानकारी दिएको गाइनो अनक्लोजिस्ट  डा. सुशीला वैद्यले जानकारी दिइन् । पछिल्लो समय महिला दिदीवहिनीहरुमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको समस्या बढी मात्रामा देखिएको हुँदा यसको नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रमका साथै समयमै परीक्षण गर्नुपर्ने उनको तर्क थियो ।

जसका लागि सजिलै, कम खर्चमा रोग निदान गर्नको लागि म्यामोग्राम (स्तन क्यान्सरका लागि) र पप स्मेयर टेस्ट (पाठेघरको मुखको क्यान्सरका लागि) परीक्षण गर्नुपर्ने बताइन् । यी सेवाहरु पनि नेशनल अस्पतालले सहज तरिकाले उपलब्ध गराएको बताइन् ।

कार्यक्रममा डा. सुशिला हिराचनले क्यान्सरको सफल उपचारका लागि आम नागरिकमा जनचेतना नै जगाउनुपर्ने पहिलो प्राथमिकता रहेका बताइन् । उलने बढ्दो शहरीकरण, अव्यवस्थित खानपान, परिवर्तित जीवनशैलीका कारण क्यान्सरका विरामीको तथ्यांका बढेको बताइन् । तर, पछिल्लो समय मानिसहरु क्यान्सरप्रति सचेत हुँदा यसको परीक्षणका लागि अस्पताल आउनेहरुको संख्या पनि बढेको बताइन् । उनले भनिन्- 'पहिले पहिले  विरामीहरू अन्तिम स्टेज पुगेपछिमात्र अस्पताल धाउथे भने अहिले भने मानिसहरू निसंकाेच स्वास्थ परीक्षणका लागि अग्रसर हुँदै अाएका छन् ।'

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv