Latest Updates :

प्रहरीद्वारा राष्ट्रपतिको मृत्युको भविष्यवाणी गर्ने ज्योतिष पक्राउ


SHARE THIS POST :
काठमाडौं १९ माघ – राष्ट्रपति मैत्रिपाला सिरिसेनाको चाँडै नै मृत्यु हुन्छ भन्ने हल्ला फैलाउने एकजना ज्योतिषलाई श्रीलङ्काली प्रहरीले पक्राउ गरेको छ ।
अधिकांश श्रीलङ्काली जनता ज्योतिष विद्यामा विश्वास राख्छन् र कुनै जागिर, ब्यापार वा काम सुरु गर्नुपरेमा वा कुनै निर्णय लिनुपरेमा जान्ने वा जैसीलाई जोखना हेराउने परम्परागत प्रचलन समाजमा अद्यापि ब्याप्त छ ।
हाल पक्राउ परेका ज्योतिष–विजिता रोहणा विजयेमुनि श्रीलङ्काली नौसेनाका पूर्व सैनिक हुन् ।
सन् १९८९ मा तत्कालिन भारतीय प्रधानमन्त्री राजीव गान्धि श्रीलङ्काको औपचारिक भ्रमणमा रहँदा उनलाई आक्रमण र हत्या गर्ने प्रयास गरेको आरोपमा यिनले जागीर गुमाउनुका साथै सजाय समेत भोग्नुपरेको थियो ।
तथाकथित ज्योतिष विजयेमुनिले राष्ट्रपति सिरिसेनालाई अकस्मात् कडा ज्वरोले पक्डने वा अकल्पनीय दुर्घटनामा पर्ने र २७ जनवरी अगावै उहाँको मृत्यु हुने भनी बकबास हल्ला फैलाई ज्योतिषी विद्याभिरु समाजलाई दिग्भ्रमित पार्ने प्रयास गरेकोले पक्रिई नियन्त्रणमा लिएको भन्ने श्रीलङ्काली प्रहरीको भनाइ छ।
राष्ट्रपति सिरिसेनाको मृत्यु हुन्छ भन्ने भविष्यवाणीसहित विजयेमुनिले गत डिसेम्बरमा आफ्नो फेसबूक पेजमा थरी थरीका थुप्रै भिडियो क्लिप अपलोड गरेकाले आम जन मानसमा भविष्यवाणी सत्य पो हुने हो कि भन्ने भ्रम फैलन गएको थियो। सरकारमा रहेका उच्च अधिकारीहरु चाहिँ विजयेमुनिप्रति सशङ्कित रहेका थिए ।
यही क्रममा, विजयेमुनिले भित्रभित्रै कतै सैनिक बिद्रोह गराउने वा राष्ट्रपतिलाई अप्रत्याशित आक्रमण गर्ने षडयन्त्रको तानाबाना त बुनि रहेको छैन भन्ने आशङ्कामा सञ्चार मन्त्रालयका सचिव निमाल बोपेजले श्रीलङ्काका प्रहरी प्रमुखलाई गोप्यरुपमा अनुसन्धान गर्न र विजयेमुनिको भविष्यवाणीले उत्पन्न गराउन सक्ने सम्भाव्य परिणामउपर निगरानी राख्ने आदेश दिएका थिए ।
अन्नपूर्णपोस्ट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv