Latest Updates :

कस्ता व्यक्तिलाई सुहाउँछ जुँगा ?


SHARE THIS POST :

जुँगा पाल्ने कतिपयको रहर हुन्छ । कतिपय व्यक्ति जुँगा पालेर स्टाइलिस देखिन चाहन्छन् । तर, सबैलाई सुहाउँछ भन्ने हुँदैन । जुँगा पाल्दैमा स्टाइलिस बन्न जोकोही सक्दैन । पहिले जुँगा राख्दा कस्तो देखिन्छ ? कसरी राख्ने ? भन्ने कुरामा निश्चित हुनुपर्छ । जुँगा कस्ता व्यक्तिलाई सुहाउँछ भन्नेबारे हेयर डिजाइनर लक्ष्मी ठाकुर भन्छन्ः

म्याचुअर्डलाई उत्तम
जुँगा प्रायः म्याचुअर्ड व्यक्तिलाई नै सुहाउँछ । त्यो पनि लपक्क मिलेर आउने खालको जुँगा छ भने मात्रै सुहाउँछ । व्यक्तिको हेयरस्टायलसँग म्याच हुने गरी जुँगा मिलाएर राख्न सकिन्छ । म्याचुअर्ड व्यक्तिले सुहाउने गरी जुँगा राख्दा प्रोफेसनल देखिन्छ । तर, वेला–वेलामा ट्रिम गरेर जुँगा मिलाइराख्नुपर्छ । म्याचुअर्ड व्यक्तिले जुँगा र दाह्रीभन्दा पनि जुँगामात्रै पाल्दा बढी आकर्षक देखिन्छ । त्यसो त ३०–४० वर्षका व्यक्तिलाई हल्का रौँ छाँटेर तथा मिलाएर जुँगा र दाह्री दुवै राख्दा पनि राम्रो देखिन्छ । तर, व्यक्तिको पेसा, जुँगा–दाह्रीको अवस्था, पहिरनलगायतलाई ध्यान दिएर स्टाइल दिनुपर्छ ।
टिनएजरलाई सुहाउँदैन
म्याचुअर्ड व्यक्तिलाई सुहाएको देखेर कतिपय टिनएजर तथा त्यसआसपास उमेरका व्यक्ति जुँगा पाल्ने रहर गर्छन् । तर, युवाले जुँगा पाल्दा सुहाउँदो लुक्स आउँदैन । युवाले जुँगामात्रै राख्नु भनेको म्याचुअर्ड देखिनु हो । टिनएजरका जुँगा भर्खर–भर्खर पलाएका हुन्छन् । जुँगाले राम्रो आकार पाएको पनि हुँदैन । त्यसैले दाह्री फालेर जुँगामात्रै राख्दा राम्रो देखिँदैन । यो उमेरका व्यक्तिले जुँगा पाल्ने नै हो भने दाह्री पनि राख्नुपर्छ । कलिला दाह्री–जुँगालाई हल्का मिलाएर राख्न सक्दा नराम्रो देखिँदैन । तर, दाह्री र साइडलकसँग म्याच हुनेगरी जुँगा मिलाउनुपर्छ । मंगोलियन युवालाई भने दाह्री जुँगा राखेको तुलनात्मक रूपमा राम्रो देखिन्छ । ठाउँ–ठाउँमा मात्रै पातलो रौँ उम्रिने भएकाले यो जातिका युवालाई दाह्री–जुँगा प्राकृतिक छाडिदिँदा नै राम्रो देखिन्छ । आकारमा आकारमा लामो भयो भने दाह्री–जुँगा हल्का ट्रिम गरिदिए मात्रै हुन्छ ।नयाँ पत्रिका दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv