प्रमुख प्रतिपक्षी नेकपा एमालेको चुनावको मिति तत्काल घोषणा गर्नुपर्ने दवाव र संविधान त चुनाव नभए संबैधानिक संकट निम्तिने दवावमा रहेका प्रधानमन्त्रीलाई मधसीमोर्चाको आग्रहमा तत्काल चुनावको मिति घोषणा नगर्न भारतीय कुटनीतिक अधिकारीहरुको दवाव समेत प्रचण्डलाई परेको विश्वस्त सुत्रले बतायो ।
तर यता प्रचण्डले भने चुनावको मिति घोषणा नगरे र चुनाव नगराए संबैधानिक संकट निम्तिने भन्दै ति कुटनीतिक अधिकारीको प्रस्ताव ठाडै अस्विकार गर्दै यहि प्रस्तावबारे छलफल गर्न कोहीपनि फेरी नआउन भन्दै पठाएका छन् । भारतीय र मोर्चाको प्रस्ताव अस्विकार गरिरहेका प्रचण्डले आज विहिबार मन्त्रीपरिषदको बैठकमा चुनावको मिति प्रस्ताव गर्ने तयारी समेत गरेका छन् ।
केही दिनअघि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले चुनाव नगर्न दवाव आएको र आफुलाई मान्य नहुने बताएका थिए । कहाँ र कसले दवाव दिएको भनेर नबताएपनि प्रचण्डलाई दवाव दिने उही शक्तिले देउवालाई पनि दवाव दिएको हुनसक्ने बताइन्छ ।
भारतको प्रस्ताव अस्विकार सँगै राजनीतिक बृतमा प्रचण्डको सरकारको आयुबारे आशंका गर्न थालिएको छ भने सुत्रहरुका अनुसार प्रचण्ड जसरी पनि चुनावमा मुलुकलाई लैजाने अडानमा बसेका छन् ।
Post a Comment