Latest Updates :

नेपाल प्रहरीमा खुल्यो २६७८ जनालाई रोजगारी (विज्ञापनसहित)


SHARE THIS POST :

काठमाडौँ, २० माघ, प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, भर्ना तथा छनौट शाखाले आज एक सूचना प्रकाशित गर्दै नेपाल प्रहरीमा २६७८ जना कर्मचारीको माग गरेको छ । प्रधान कार्यालयले आज दरखास्त आब्हान गर्दै प्राविधिक तर्फ १०३३ जना र प्रहरी जवानतर्फ १६४५ जना माग गरेको हो ।

  नेपाल प्रहरीको प्राविधिक समूहमा मेकानिकल इन्जिनियरिङ्ग तथा सवारी तर्फ ९६ जना, मेकानिकल विपत व्यवस्थापनतर्फ १८ जना, स्वास्थ्यतर्फ २५ जना, सञ्चारतर्फ ७१८ जना, संगीततर्फ ६१ जना, आवास तथा भौतिक इन्जिनियरिङ्गतर्फ २२ जना, सूचना प्रविधि/कम्प्युटरतर्फ १७ जना, कुकुर स्कुलतर्फ ५३ जना, विधि विज्ञानतर्फ १८ जना र हातहतियार (आरमर) तर्फ ५ जनाको माग गरेको हो । खुलाइएका विज्ञापनहरु खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावाधनका आधारमा पूर्ति गरिने पनि प्रहरी प्रधान कार्यलयले जनाएको छ ।

 यी पदहरुमा २०७३ फागुन १ गतेदेखि ३० गतेभित्र दरखास्त दिइसक्नु पर्ने जनाइएको छ ।  दरखास्त फाराम काठमाडौँ, भक्तपुर र ललितपुरसहित रानी विराटनगर, दुधौली सिन्धुली, बुटवल, नेपालगञ्ज र दिपायलबाट पनि प्राप्त गर्न र बुझाउन सकिने जनाइएको छ । यी पदहरुमा दरखास्त दिन १८ वर्ष पुरा भइ २३ वर्ष ननाघेको र बहालवाला श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा २५ वर्ष ननाघेको हुनु पर्ने उल्लेख गरिएको छ ।

 यसैगरी मानवश्रोत विकास विभागले नेपाल प्रहरीको जनपद समूहतर्फ प्रहरी जवान पदमा पनि १६४५ जनाको माग गरेको छ । खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गरिने यी पदहरुको लागि फागुन ३० गतेभित्र नै दरखास्त दिइसक्नु पर्नेछ  । यो पदको लागि माथि उल्लेखित प्रहरी कार्यालयलयहरुसहित सबै जिल्ला प्रहरी कार्यालयबाट दराखास्त फारम प्राप्त गर्न र बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।




SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv