काठमाडौं, २४ माघ । बलिउडमा ‘हट’ नायिकाको छवि बनाएकी विपाशा बासु पछिल्ला दिनहरुमा आरामले दिन काटिरहेकी छिन् ।
विशेषतः विवाह भएपछि उनले चलचित्रमा त्यति काम पाइरहेकी छैनन् भने बिहे अघिका चलचित्रले सफलता पाएका छैनन् । कुनै समयकी व्यस्त नायिका विपाशा अब आफ्नो दिन कटाउनलाई सानो पर्दामा काम गर्ने भएकी छिन् ।
भारतीय संचारमाध्यमका अनुसार विपाशा चाँडै नै स्टार प्लसबाट संचानल हुने टेलिभिजन सिरियलमा देखिँदैछिन् । उनले सिरियलमा काम गर्ने लगभग तय भइसकेको बताइएको छ ।
स्टार प्लसले चाँडै नै ‘कोही लौट के आया है’ नामक धारावाहिक श्रृंखला सुरु गर्दैछ । त्यसको टिजर लन्च भइसकेको छ भने प्रसारण हुनेक्रममा छ ।
सुपर नेचुरल थिममा बन्ने सिरियलमा विपाशा बासु सुपर नेचुरल भूमिकामा देखिँदैछिन् । विपाशाले पहिलोपल्ट टिभि सिरियलमा काम गर्न लागेकी हुन् । उनले टिभि सिरियलमा काम गर्ने खबर बाहिरिएसँगै ठूलो पर्दामा काम नपाएर सानो पर्दामा काम गर्न थालेको चर्चा चलिरहेको छ ।
Post a Comment