Latest Updates :

‘रइस’का दुई अभिनेत्रीबीच प्रेम !


SHARE THIS POST :

काठमाडौं, २४ माघ । चलचित्र ‘रइस’मा लैला मै लैला गीतमा आइटम डान्स गरेकी नायिका सन्नी लियोनी र पाकिस्तानी नायिका माहिरा खानको मित्रता झागिँदै गइरहेको छ ।
नायिका मिडियासामू एक अर्काको तारिफ गर्र्दैमा व्यस्त छन् । सन्नीले केही समय अघि आफ्नो टवीट्रमा माहिरा खान एकदमै प्यारी भएको र उनी पहिलो पल्ट एरपोर्टमा भेट हुँदा सन्नीलाई एकदमै मन परेको बताएकी थिइँन् ।

यस्तै माहिराले पनि पत्रकार भेटघाटमा सन्नीको बेबी ढोल गीत एकदमै मन परेको बताएकी छिन् । उनले सन्नीलाई एरपोर्टमा भेट्दा खुसी लागेको र उनी साहै राम्री रहेको भनेकी छिन् ।

यस्तै रइसका अभिनेता शाहरुखसँग अंगालोमा बाँधिएर रोमान्स गर्न नपाउँदा दुःख लागेको उनले बताइन् । माहिरा चलचित्र रइसको प्रमोसनको समयका उपस्थित भएकी थिइँन् । भारत र पाकिस्तानबीचको बिग्रिँदो सम्बन्धको कारण उनी प्रमोसनको समय भारतमा आइनन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv