काठमाडौं, १९ माघ । देशलाई भयाभय अवस्थाबाट बचाउन एमाले लागिपरेको नेकपा एकालेका अध्यक्ष केपी ओलीले एमालेलाई चिमोटे देशलाई दुख्छ भन्ने सबैलाई थाहा भएको बताएका छन्। एमाले अध्यक्ष ओलीले पार्टी कार्यालय धुम्बाराहीमा बुधबार कपडा काट्ने मुसाको कथा सुनाउँदै गर्दा यो पनि भने कि ‘मुसाले फाटेको कपडा काट्दैन । नयाँ नै काटिदिन्छ ।’ मुसाको कथामार्फत उनको संकेत थियो ‘देशलाई नोक्सान गर्नेगरी पढेलेखका र बौद्धिक भनिने व्यक्तिहरु नै लागिपरेका छन् ।’ पार्टीको आगामी फागुन २१ देखि हुने मेची महाकाली राष्ट्रिय अभियानको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले पढेलेखेहरु गम्भीर भए देशलाई नोक्सान हुन बाट बाचाउन सकिने धारणा राखे । ‘मुसाले कपडा काट्छ । यदी कपडा काटेन भने उसका दाँत लामा हुन्छन्। दाँतलाई धार लगायन पनि कपडा काटिरहनु पर्छ ।’ संसारभर प्रतिपक्षीले लेखासमितिको सभापति लिने चलन भएपनि अहिले सरकार आफैंले राखेको प्रति आक्रोश व्यक्त गर्दै ओलीले भने, ‘ प्रतिपक्षपनि सरकार आफैंले राखोस् एमालेलाई चाहिँदैन । यस्तो शक्तिशाली सरकार भएको बेलामा किन चाहियो प्रतिपक्षी रु’ प्रधानमन्त्रीले एमालेको प्रतिकार गर्न वाइसियललाई उक्साएको आरोप लगाउँदै ओलीले आफूले पनि त्यस्तै अभिव्यक्ति दिन सक्ने भएपनि जिम्मेवारीबोधका कारण सम्यमित भएको बताए । अर्को प्रसंगमा ओलीले पञ्चशिलताका आधारमा भारत र चीन दुबै देशसँग आफ्नो पार्टीले सम्बन्ध स्थापति गर्न चाहेको बताए । २१ देखि पूर्वको काकडभिट्टाबाट सुरु हुने अभियान महेन्द्रनगरमा चैत २ मा पुग्ने छ भने चैत ५ मा सुखेर्ततमा पुगेर समापन गरिने एमालेले जनाएको छ ।
Post a Comment