Latest Updates :

नायिका दिशा पाटनी र नायक टाइगर सैफबीचको प्रेम सम्बन्ध संकटमा !


SHARE THIS POST :
काठमाडौं, १९ माघ । चलचित्र ‘एम एस धोनी : द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेव्यु नायिका दिशा पाटनीको दोस्रो चलचित्र ‘कम्फु योगा’ प्रदर्शनको क्रममा रहेको छ ।

उनी चलचित्रबाट भन्दा बढि आफ्नो पे्रम सम्बन्धको कारण चर्चामा आउने गर्छिन् । नायिका दिशा र बलिउड नायक टाइगर सैफ प्रेम सम्बन्धमा रहेको लामो समय भयो ।
दिशाले एक अन्तर्वार्ता दिनेक्रममा प्रेम सम्बन्धको मामिलामा आफू बोरिङ भएको बताएकी छिन् । आफ्नो पूरा समय जिम, घर र चलचित्रमा बित्ने कारण प्रेमी टाइगरको बारेमा आफूलाई केही थाहा नहुने बताएकी छिन् । उनले आफ्नो र टाइगरको बारेमा भन्न केहि अप्ठारो नलागेको बताउने दिशाले भनिन् ‘मेरो आफ्नो व्यक्तिगत जीवन छ । मलाई आफ्नो बारेमा भन्न केही लाज लाग्दैन । म टाइगरको नजिक छु । हामी मिल्ने साथी हौँ । पार्टी र परिवारको साथमा जाँदा हामीसँगै हुन्छौ ।’

अन्तर्वार्तामा दिशाले आफ्नो प्रेम सम्बन्धकाबारेमा हल्ला हुँदा आफ्नो जीवनका केही फरक नपरेको बताएकी छिन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv