Latest Updates :

रंगशाला विवादः डाेजर चलेकाे ४० दिनपछि धुर्मुसले लिए यस्ताे निर्णय(भिडियो)


SHARE THIS POST :
चितवनको रामपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा डोजर चलेपछि काम रोकियो । यस अवधिमा यस प्रकरणमा निकै उतारचढाव पनि आयो । बाटो बढाउनुपर्ने माग गर्दै आएका स्थानीयले रंगशालाको जस्तापाताको बार डोजर लगाएर भत्काइदिएका थिए ।त्यसपछि धुर्मुस सुन्तली फाउण्डेसनले रंगशाला निर्माणको काम रोक्यो । सुरक्षाको माग गर्दै काम रोकेको फाउण्डेसनले ४० दिनपछि आज एउटा विज्ञप्ति जारी गरेको छ । जसअनुसार अब रंगशाला निर्माणको काम शुचारु हुनेछ । फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’को हस्ताक्षर भएको दुई पानाको विज्ञप्ति सञ्चारमाध्यममा आएको छ ।



विज्ञप्ति अनुसार अब केहीदिनभित्रै काम शुरु हुनेछ । चितवन छोडेर काठमाडौं फर्किएको फाउण्डेसनको टोली अब पुनः चितवनको रामपुर फर्किनेछ । फाउण्डेसनले विज्ञप्तिमा यस अवधिको आरोह अवरोधलाई चोटिलो ढंगले लेख्दै खबरदारी समेत गरेको छ । के छ धुर्मुसले हस्ताक्षर गरेको त्यो विज्ञप्तिमा ?पूरै भिडियो हेर्नुहोस् :

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv