Latest Updates :

कन्चनपुर काण्ड: यसरी जबरजस्ती पुरुष योनाअंग काटेर केटी बनाइदिए (भीडीयो)


SHARE THIS POST :
बुबा संगै भारत गएका कञ्चनपुर कृष्णपुर नगरपालिका– १ दोमिल्लाका १७ वर्षे सुरेन्द्र माल अहिले २२ बर्षका भए । उनि घर छोड्दा छोरा थिए तर घर फर्कंदा छोरी भएर फर्के । तर उनको त्यो रहर थिएन, उनलाई जवर्जस्ती छोरी बनाइएको थियो ।भारत गएर केहि पैसा कमाएर कम्प्युटर सिकी उज्वल भबिष्य निर्माण गर्ने सपना बोकेर भारत छिरेका सुरेन्द्रको तेस्रोलिंगीहरुले सपना चकनाचुर बनाइदिए । सुरेन्द्रलाई मानसिक रुपमा मात्रै होइन शारिरिक रुपमा समेत प्रताडना दिए । उनको लिंग जबर्जस्ति काटियो र अन्य अंग केटीको जस्तै बिकास गर्न औषधिको प्रयोग गरियो ।



उनलाई तेश्रो लिंगी समुहले बन्दि बनाएको थियो । सुरेन्द्रको पुरै हाउ भाउ केटि कै जस्तो रहेको छ । तर उनको आवाज भने परिवर्तन भएको छैन । सुरेन्द्रको लिङ्ग परिवर्तन किन गरियो भन्ने जिज्ञासामा बुवा जयराज भन्छन्, ‘केटालाई केटी बनाएर विभिन्न रेस्टुरेन्ट बारमा नाच्न लगाउने रहेछन्, लामो समय नियन्त्रणमा राखेर नचाउँदै पैसा कमाउने धन्दा हुने रहेछ ।’उनै सुरेन्द्र अहिले न्याय खोज्दै राजधानी आएका छन् । आफ्नो गृह जिल्लामा न्याय नपाए पछी उनि काठमान्डौ आएका हुन् ।उनि केटि बनेर फर्किए पछी सुरेन्द्रले दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी हुँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएका थिए । सुरेन्द्रका अनुसार प्रहरीले पक्राउ गरेका ३ जना समेत छुटी सकेका छन् ।भीडीयो:

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv