Latest Updates :

आदित्य नारायणले लाइभ गीत गाउँदा यस्तो क्रेज (भिडियो सहित)


SHARE THIS POST :
विगत लामो समय देखी नै भारतमा बस्दै आएका गायककार उदित नारायण झा का छोरा आदित्य नारायण झा अहिले नेपालको राजधानी काठमाडौँमा छन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’ कार्यक्रमका लागी नेपाल आएका आदित्य गत शनिवार ठमेल स्थित क्लब फरेन्हाइटमा आफ्नो दमदार प्रस्तुति दिएका थिए । मध्यरातमा प्रस्तुतिको लागी स्टेजमा चढेका आदित्यले केही आफ्ना र केही ट्रेन्डिङमा रहेका हिन्दी गीतहरू प्रस्तुत गरे । आदित्यले आफ्ना बुवा उदित नारायण झा ले गाएका चर्चित गीत ‘कुसुमे रुमाल’ ‘यो गाउँको ठिटो म’ बोलको नेपाली गीत गाए ।

नेपाल आफ्नो घर हो र नेपाली जनता सबै आफ्ना हुन भन्दै नेपाल टेकेका आदित्यले ‘यसपटक सेड्युल अलि प्याक भएर घुम्न पाइन् , अर्को पटक छिटै आउँछु’ भने । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’ मार्फत पार्श्व गायनमा डेब्यु गरेका हुन् । उनी बलिउडका गायक र कार्यक्रम होस्ट मात्रै नभई एक्टर समेत हुन् । क्लब फरेनहाइटको आयोजनामा भएको कार्यक्रममा लाइभ प्रस्तुती दिदै उनले आफुलाई नेपालमा निमन्त्रना गरेकोमा धन्यवाद दिएका छन् । ‘आदित्य नारायण लाइभ इन नेपाल’ मा उनि दोस्रो पटक नेपाल आएका हुन् । उनि ८ वर्ष अगाडी पोखरामा आएका थिए ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv