अहिले उनी अभिनेता भुवन केसी सँग जोडी बाँध्दै चलचित्र ‘मिस्टर नेपाली’को छायाङ्कनमा व्यस्त पनि रहेकी छिन् । कार्यक्रममा ऋषि धमलाले तपाईँको विवाह हुने सम्भावना कत्तिको छ? भन्ने प्रश्न गरेपछी अभिनेत्री रिमा विश्वकर्माले भनिन्, “छ नि । भोलि कसले देखेको छ र ? विवाह हुन्छ नै भनेर म ग्यारेन्टी दिन सक्दिन । तर, त्यो सम्भावना छ ।”
धमलाले फेरी अर्को पश्न गरे, विवाहको लागि तपाईको नजरमा कोही युवक परेको छ ? फेरी रिमाले सिधा जवाफ दिइन् ‘साँच्चै भन्नुपर्दा अहिले मेरो प्राथमिकतामा करियर नै परेको छ । त्यो हिसाबले अहिले हालसाललाई चाहीँ छैन ।’ अभिनेत्री रिमा विश्वकर्माको विहे केही वर्ष पहिले लण्डनमा बस्दै आएका नेपाली युवा रोबट विश्वकर्मा संग भएको थियो । उनिहरूको सम्बन्ध धेरै वर्ष टिक्न सकेन अन्ततः उनिहरूले डिभोर्स गरिसकेका छन् । त्यस यता रिमाले आफुले विवाह नगर्ने घोषणा गर्दै आएकी थिइन् । बाँकी भिडियो मा हेर्नुहोस्ः
Post a Comment