कुनै समय व्यवसायी मयंक खड्कासंग प्रेम सम्बन्धमा रहेकी उनी यतिबेला देवाङ्कस राणासँग प्रेम सम्बन्धमा रहेकीछिन् । हाल उनीहरु छुट्ट मनाउँन इन्डोनेशियाको बाली पुगेका छन् । जहाँका तस्बिरहरुले हंगामा नै मच्चियो । साम्राज्ञी निकै ट्रोल समेत बनिन् तर यसले उनलाई कुनै फरक पारेको छैन । नितान्त व्यक्तिगत जीवन बिताउँन चाहाने साम्राज्ञीले बालीका केही नयाँ तस्बिरहरु पनि पोस्ट गरेकीछिन् ।
जहाँ उनी प्रेमीसंगै देखिएकीछिन् त्यो पनि खुसी खुसी । साम्राज्ञीको आपत्तिजनक तस्बिरहरु सार्वजनिक हुँदा उनलाई त गाली गरे गरे कतिपयले उनको परिवारलाई समेत मुछे । तर पनि साम्राज्ञीलाई यी सब कुराहरुले प्रभाव पारेको जस्तो देखिँदैन । त्यसैले सायद हिन्दीमा भनिएको छ कुछ तो लोग कहंगे, लोगका काम हैँ केहेना । कतै साम्राज्ञीले पनि यही सोचेकी त होईनन् ? उनले तस्वीरबाट नै जवाफ दिएको देखिन्छ । सायद भन्छिन् होला नो टेन्सन ।
Post a Comment