Latest Updates :

को हुन् पूर्व मिस नेपाल शृङ्खला खतिवडाका प्रेमी, बनिन् फेरी भाईरल


SHARE THIS POST :
पूर्व मिस नेपाल शृङ्खला खतिवडा यतिबेला टर्कीमा छिन्। सन् २०१८को मिस नेपाल बनेकी खतिवडा उति बेलैबाट फरक विचार र स्वभावका कारण चर्चामा आइन्।

पछि चीनमा भएको मिस वर्ल्ड प्रतिस्पर्धामा पनि खतिवडाले देखाएको प्रस्तुतिले उनी चर्चामा रहिन्। अब भने खतिवडा प्रेम प्रसङ्गले चर्चामा तानिएकी छन्।
खतिवडाको एउटा तस्बिर यतिबेला सामाजिक सञ्‍जालमा चर्चामा छ। जहाँ शृङ्खला र भ्लगर सिशन बानियाँको निकट छन्। उनीहरुले एकअर्काको साथमा रहेर खिचाएको तस्बिरमा उनीहरुको प्रेम प्रष्ट देखिन्छ। उक्त तस्बिर सामाजिक सञ्‍जालमा सार्वजनिक हुनासाथ भाइरल नै भयो।
यसअघि मिस नेपालको यात्रामा समेत शृङ्खलाको काममा सहयोग गर्दै आएका भ्लगर हुन् सिशन बानियाँ। उनै बानियाँ श्रृंखलाको प्रेमी हुन् भन्ने गसिपहरु यस अघि पनि नआएका होइनन्। तर सिशनको काँधमा शृङ्खलाको टाउकोवाला तस्बिर बाहिरिएपछि उनीहरु प्रेमी–प्रेमिका नै हुन् भन्नेको संख्या उल्लेख्य भएको छ।
शृङ्खलाले भने आफ्नो कोही पनि प्रेमी नभएको बताउँदै आएकी छन्।
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv