Latest Updates :

करोडौं रकम डुबेपछि मिना रुँदै टेकु प्रहरीमा, यस्तो अवस्थामा देखिइन् (भिडियो)


SHARE THIS POST :
मनोज गजुरेलसग सम्बन्ध विच्छेद गरेपछि सामाजिक सञ्जाल र निजि जिवनमा सकृय भएकी मिना ढकालको करोडौ रकम डुबेपछि उनी प्रहरीको शरणमा पुगेकी छन् । काठमाडौंमा जग्गा खरिद गर्ने क्रममा उनको करोडौ रकम डुबेको हो । उनी करिब दुई महिना देखि प्रहरी कार्यालय धाएको भएपनि यो कुरा गोप्य राखेकी थिइन् ।

तर जव पछिल्लो पटक टेकु स्थित प्रहरी कार्यालय पुगिन् सो क्रममा पत्रकारहरुले देखेपछि उनको यो पीडा बाहिरिएको थियो । यद्धपी मिनाले कति रकम हो भन्ने कुरा भने खुलाएकी छैनन् । जग्गा किन्न दिएको पैसा डुबेको हो उनले संचारकर्मीलाई अनुमान लगाउनुस् भन्दै भनिन् थोरै रकमले काठमाडौंमा जग्गा आउँदैन । उनले आफुले जग्गाको लागि पैसा दिएको महिला राजनीतिक रुपमा पहुँच भएको महिला भएका कारण अहिले सम्म कारवाही हुन नसकेको बताइन् ।

दुई महिना भन्दा बढी प्रहरी कार्यालय धाउँदा पनि उनलाई पक्राउ नगर्नुको कारण उनको राजनीतक पहुँच नै भएको मिनाको भनाई छ । उनले आफ्नो जिवनको २२ वर्षको कमाई डुबेका कारण प्रहरीलाई यो मुद्धा छिट्टै मिलाउन प्रहरीलाई आग्रह गरिन् । उनले प्रहरी एसपीलाई भेट्न जाँदा पत्रकारले छोपेका कारण घटना बाहिर आएको बताइन् । उनले रकम खाने महिलालाई अन्तिम चेतावनी दिँदै अब पनि रकम फिर्ता नदिए नाम सार्वजनिक गर्ने बताइन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv